मेलमिलापकर्तालाइ सपथग्रहण सहित जिम्मेवारी प्रदान

होम साउद, अछाम ६ चैत ।

वडानम्वर ३ मा ८ दिने उद्यमशिलता विकास तालिम सुरु/विषयगत समितिहरुको संयुक्त बैठक पनि सम्पन्न

मंगलसेन नगरपालिकाले नगरको मेलमिलाप समितिमा सूचिकृत भएका मेलमिलापकर्ताहरुलाई सपथ ग्रहण सहित जिम्मेवारी प्रदान गरेको छ । मेलमिलाप कार्यविधि -२०७७  अन्तरगत रही नगरले ५ जना मेलमिलापकर्ताहरुलाइ सूचिकृत गराई जिम्मेवारी समेत प्रदान गरिएको हो ।

न्यायीक समिति संयोजक तथा नगर उपप्रमुख सरिता उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख पदमबहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । नेपालको संविधान अन्तरगत स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४६ बमोजिम गठित न्यायीक समितिलाई कार्यसम्पादन गर्न सहजताका लागि मेलमिलाप सहजकर्ताको व्यवस्था गर्न नगरले कार्यविध बनाइ कार्य अघि बढाएको छ ।

मेलमिलापकर्ताहरुलाइ नगरप्रमुख बोहराले टिकाग्रहण गराइ मेलमिलाप कार्यविधि हस्तान्तरण गर्नुभएको थियो भने उपप्रमुख उपाध्यायले मेलमिलापकर्तालाइ सपथग्रहण गराउँनुभएको थियो ।

सपथग्रहण कार्यक्रममा न्यायीक मेलमिलाप समिति सदस्य तथा वडा नम्वर ३ का अध्यक्ष पदमसिंह भाट, सामाजिक विकास समिति संयोजक तथा ४ नम्वर वडा अध्यक्ष पदम धामी, सुशासन समिति संयोजक तथा ६ नम्वर वडा अध्यक्ष जनकराज भण्डारी,  वडानम्वर १३ का अध्यक्ष प्रेम बहादुर थापा र एम आइ एस अपरेटर होम बहादुर साउदको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन न्यायीक समिति उजुरी प्रशासक नरेश बहादुर कठायतले गर्नुभएको थियो । 

यसैविचः गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत वडानम्वर ३ मा उद्यमशिलता विकास तालिम सुरु भएको छ । वडा अधयक्ष पदमसिंह भाटको अध्यक्षतामा तालिमको ‌औपचारीक उदघाटन गरिएको हो ।

वडा नम्वर ३ वडा अधयक्ष पदमसिंह भाट

तालिम उदघाटन गर्दै वडा अध्यक्ष भाटले तालिमबाट सिप सिकेर उद्यमि बन्न सहभागीलाई आग्रह गर्नुभयो । उदघाटन कार्यक्रममा नगरपालिकाका सूचना अधिकारी तथा प्रशासन शाखा प्रमुख बिष्णु जैशीले मन्तब्य राख्नुभएको थियो भने एम आइ एस अपरेटर होम साउद,  तालिम प्रशिक्षक शान्ती खड्का, र पशु प्राविधिक पुजा बिष्ट अतिथि रहनुभएको थियो ।

मेड्पा कार्यक्रमका सम्पर्क ब्यक्ति एकेन्द्र बोगटीले तालिमको लक्ष उदेश्य बारे जानकारी गराउनुभएको तालिम उदघाटन कार्यक्रमको संचालन वडा सचिव बालकृष्ण ढुंगानाले गर्नुभएको थियो ।यस्तै, मालिका विकास संघ अछामको आयोजनामा मंगलसेन नगरपालिकाका विषयगत समितिहरुसंगको संयुक्त बैठक सम्पन्न भएको छ ।

नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको बैठकमा विषयगत समितिका बैठक, सार्वजनिक सुनुवाइ, गुनासो सुनुवाई, सामाजिक परिक्षण लगायतका विषयमा छलफल गरिएको थियो । छलफलका क्रममा नगरप्रमुख बोहराले विषयगत समिति आफ्नो क्षेत्राधिकारका विषयमा जानकार भएमा जनविश्वास बढ्ने बताउनुभयो ।

बैठकमा नगरपालिकाको बिभिन्न विषयगत समितिका संयोजक तथा सदस्यहरुको सहभागिता रहेको नगरपालिकाका सूचना अधिकारी विष्णु जैशीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button