मंगलसेनमा पोषण तथा खाद्य सुरक्षामा भएका कामको समिक्षा


कमल रावल, चैत ८ अछाम
मंगलसेन नगरपालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

नगरप्रमुख तथा समितीका संयोजक पदम बहादुर बोहराको अध्यक्षतामा बसेको बैठकले बहुक्षेत्रिय पोषण कार्यक्रमलाई स्विकृत गर्ने, हालसम्म बहुक्षेत्रिय पोषणमा भएका उपलब्धीको समिक्षा गर्ने, बहुक्षेत्रिय पोषण कार्यक्रम कार्यान्वयनका लागी सम्पर्क ब्यक्ति तोक्ने र आगामी आर्थिक बर्ष २०७७÷०७८ को कार्ययोजना निर्माण लगाएतका प्रस्ताबमा छलफल गर्दै निर्णय समेत पारित गरिएका छन ।

कार्यक्रमका अध्यक्ष नगरप्रमुख बोहराले पोषणका क्षेत्रमा थुप्रै कार्यक्रम भएकाले अब उपलब्धी तिर उन्मुख हुनुपर्ने बताउनु भयो । पोषण जस्तो महत्वपुर्ण कुरा हरेक ब्यक्तिलाई आवश्यकता रहेकाले सबैले यसमा जोड दिनु पर्ने बताउनु भयो । बैठकले नेपाल सरकारले नगरको पोषण योजनाका लागि उपलब्ध गराएको ३२ लाख ६५ हजार ससर्त अनुदान र नगरपालिकाको ९ लाख समानिकरण अनुदान अनुमोदन सहित क्षेत्रगत बिनियोजन गरेको छ ।

जसमा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्र्तगत सुशासन, खानेपानी, शिक्षा, कृषि, पशु, महिला तथा बालबालिका र स्वास्थ्य क्षेत्रमा रहेको बजेटका बारेमा जानकारी गराईएको हाे । प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारीले बैठकमा कार्यक्रमको उद्देश्य र स्वागत राख्नु भएको थियाे ।

छलफलको सहजीकरण तथा प्रस्तुतीकरण सुआहाराका कार्यक्रम संयोजक लोक बहादुर नेपाली, फिल्ड संयोजक सेत बहादुर भुलले राख्नु भएको थियो । बैठकमा उपप्रमुख सरिता उपाध्याय, कार्यपालिका सदस्य, सबै वडाका वडा अध्यक्ष, बिषयगत शाखा प्रमुखको सहभागीता रहेको कार्यक्रमको संञ्चालन सुशासन शाखा प्रमुख नरेश बहादुर कठायतले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button