
बेसाहरा मन्धरीलाई अछाम जेसिजको खाद्यान्न सहयोग
युवाहरुको पहलमा घर निर्माण गरी प्राप्त गरेकी मंगलसेन नगरपालिका वडा न्मबर ८ का बेसाहरा मन्धरी विकलाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको छ । अछाम जेसिजले मन्धरीलाई खाद्यान्न सहयोग स्वरुप ६० केजी चामल, दाल, तेल, नुन लगायतका सामाग्री प्रदान गरेको हो ।

अछाम जेसिजका निवर्तमान अध्यक्ष तुलाराम विसी र कार्यकारीणी उपाध्यक्ष सिद्धराज ढुंगाना मन्धरीको घरमै पुगेर खाद्यान्न सहयोग गर्नुभएको हो । अछाम जेसिजले २ बोरा चामल, ५ पोका तेल, ५ केजी दाल, साबुन लगायतका सामग्रीहरू प्रदान गरेको निवर्तमान अध्यक्ष बिसीले बताउनु भयो ।

अछाम जेसिज पनि युवाहरुको क्षमता नेतृत्व विकासमा क्रियासिल संस्था भएको र मानवताको सेवा जीवनको सर्बोत्तम कार्य हो भन्ने भावनाले विभिन्न सामाजिक कार्य गर्दै आईरहेको भन्दै निवर्तमान अध्यक्ष बिसीले साहरा बिहिन मन्धरीलाई सहयोग गरेको बताउनु भयो ।
युवाहरुको पहलबाट घर तथा अछाम जेसिजले खाद्यान्न सहयोग गरेपछि मन्धरीले खुसी व्यक्त गर्दै अब आफ्नै घरमा बस्न पाउँदा संसारकै खुसी पाएको अनुभूति भएको बताउनु भयो ।
आफु बिगत ८ बर्षदेखि अलपत्र जस्तो अवस्थामा रहेको र अब एक दिन मात्रै बसेर भएपनि प्राण गए कुनै पछुतो नहुने बताउनु भयो । ८० बर्षिया मन्धरीका २ छोरी पहिले नै पोईल गैसकेका छन् भने अन्य कोही साहरा नभएको बताउनु भयो ।