पोखरा विश्वविद्यालय क्रिकेट लिगमा ग्रिनल्याण सस्टिल्थ सिक्सर्सको विजय

२०७७ चैत्र ९
पोखरा विश्वविद्यालय क्रिकेट लिगको चौथो सिजनको पहिलो खेलमा ग्रिनल्याण सस्टिल्थ सिक्सर्सले विजय यात्रा सुरू गरेको छ । यो खेल ूग्रिनल्याण सस्टिल्थ सिक्सर्सू र ूफारवेस्ट टाइगरू बीच निकै रोमाञ्चक तरिकाले सम्पन्न भएको छ । निश्चित १८ आओभरमा ८१ रन बनाएको फारवेष्ट टाइगर्सको जवाफि ब्याटिगंमा उत्रेको ग्रिनल्याण सस्टिल्थ सिक्सर्सले १७।१ ओभरमा ४ विकेटको क्षतिमा आफ्नो लक्ष पुरा गरेको थियो।

आशिष लामिछानेको अध्यक्षता रहेका उक्त क्लबमा क्याप्टेन खेलाडी शिव शर्मा हुन् भने राष्ट्रिय खेलाडी सोनु तामाङ र दिपेश खत्री पनि यही टिममा रहेर अरु टिम सँग प्रतिस्पर्धा गर्दै छन्।
ूग्रिनल्याण सस्टिल्थ सिक्सर्सू का तर्फ बाट खेलाडी दिपेश खत्री र सिद्धार्थ खड्काले २र२ विकेट लिन सफल भएका थिए भने, मनिष पौडेलले ३ विकेट लिन सफल भएका थिए।

यसै गरी ब्याटिङको क्रममा ूग्रिनल्याण सस्टिल्थ सिक्सर्सूको तर्फ बाट खेलाडि समीर श्रेष्ठले पहिलो ब्याटिङ गरेका थिए, भने क्रमशस् मनिष पौडेल, तेजेन्द्र घर्ती मगर, दिपेश खत्री, सोनु तामाङ, सिद्धार्थ खड्का र तुलाराम लामिछाने ले ब्याटिङ गरेका थिए।

अन्तिम चरणमा बडो रोमाञ्चक तरिकाले ूग्रिनल्याण सस्टिल्थ सिक्सर्सू ले जीत आफ्नो मुठ्ठीमा पार्न सफल भएको थियो। ग्रिनल्याण सस्टिल्थ सिक्सर्सका मार्कि खेलाडि समेत रहेका मनिष पौडेल ूप्लेयर अफ धि म्याचू घोषित भए।


यस क्लबलाई ग्रीन ल्याङ कफी, पिउरो पानी, रेडियो रामारोशन र मोहित ग्रुप अफ कम्पनी तथा अरू संस्थाहरूले आर्थिक तथा भौतिक रुपमा सहयोग प्रदान गर्नुभएको छ। उहाँहरूको सहयोग प्रति हाम्रो यो क्लब सधैँ आभार रहिरहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker