
चैत्र, १० अछाम : अछाममा भिर बाट लडेर एक जना बालिकाको ज्यान गएको छ । जिल्लाको बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको चन्डाली निवासी ७ बर्षिय बालिका आयुशा ठकुल्लाको भिर बाट लडेर ज्यान गएको हो ।
स्थानिय जनक ठकुल्लाको छोरी आयुशाको बिहान घर बाट विध्यालय जाँदै गर्दा भिरबाटो भन्ने ठाउँ बाट करिब १ सय ५० मिटर तल खसेर गम्भीर घाईते बालिका लाई उपचारका लागि बयलगडा अस्पताल लिने तयारी गर्दा उनको मृत्यु भएको वडा अध्यक्ष कृष्ण बहादुर कडायतले जानकारी दिनुभयो ।
विध्यालय जाने क्रममा भिरमा काटेको सडकको छेउ बाट हिन्दै गर्दा खुट्टा चिप्लिएर भिर बाट लडेको प्रत्यक्षदर्सिले बताएका छन् ।
मृतक बालिका ऐश्वर्य माध्यामिक विध्यालय दर्नामा कक्षा २ मा अध्ययनरत थिईन । उनको आजै दाहस्कार गरिएको आफन्तले बताएका छन् ।
यसैबिच हिजो मात्र मंगलसेन नगरपालिका १ मा करेन्ट लागेर १५ वर्षिय बालिकाकाे मृत्युु भएको छ। सोमबार राति ९ बजेतिर माेवायल चार्ज गर्ने क्रममा स्थानीय बमराज नाथकि १५ वर्षिया छाेरि सपना नाथकाे मृत्युु भएको स्थानीय रामराज नाथले जानकारी दिनुभएको छ ।
राति जिल्ला अस्पताल ल्यायकी सपनालाई अस्पतालले मृत घाेषणा गरेकाे हाे । मृतक सपना कुन्ति माविमा कक्षा ६ मा अध्ययनरत थिईन ।