भीरबाट लडेर घाईते महिलाको उपचारको क्रममा मृत्यु

टेकराज भण्डारी, चैत्र १०, अछाम

अछाममा भीरबाट लडेर घाईते महिलाको उपचारको क्रममा ज्यान गएको छ । जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ८ हात्तिकोट निवासी भानादेवी ठकुल्लाको उपचारको क्रममा काठमाण्डौँमा ज्यान गएको मृतकका श्रीमान वीर बहादुर ठकुल्लाले जानकारी दिनुभयो ।

भानादेवी ठकुल्ला

यही चैत्र ७ गते घर नजिकैको गणेलदेव जंगलबाट स्याउँला ल्याउने क्रममा भीरबाट लडेर घाईते भएकी थिईन् । उहाँ स्याउँलाको ढोको उचाल्ने क्रममा चिप्लिएर ढोको सहित करिब एक सय मिटर तल खसेकी थिईन् । ४४ बर्षिया घाईते भानादेवीको वयालपाटा अस्पताल, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर हुँदै काठमाण्डौँ वीर अस्पतालमा उपचार गरिएको थियो । उहाँको हिजो राती ज्यान गएको उहाँका देवर लाल बहादुर ठकुल्लाले बताउनु भयो ।

भीरबाट लडेर उहाँको टाउको र मेरुदण्डमा गम्भीर चोट लागेको थियो । मृतकको शव आज राती अछाम पुग्ने र भोली बुढीगंगामा दाहसंस्कार गरिने आफन्त हर्क ठकुल्लाले जानकारी दिनुभयो । मृतकका श्रीमान १ छोरी र २ छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button