अछाममा योग शिविर तथा सत्संग कार्यक्रम हुने

टेकराज भण्डारी, चैत्र १२, अछाम

अछाममा शुक्रबार बिहान योग शिविर, सत्संग तथा आयुर्वेदिक परामर्श कार्यक्रम हुने भएको छ । पतञ्जली योग समिति अछाम, अछाम बहुमुखी क्याम्पस तथा षोडशादेवि माध्यामिक विद्यालयको संयुक्त आयोजनामा योग शिविर तथा सत्संग कार्यक्रम हुने भएको हो । हरिद्धारबाट आउनु भएका साध्वि देवादितिको समुपस्थितिमा कार्यक्रम गर्न लागिएको पतञ्जली योग समिति अछामका अध्यक्ष जय बहादुर बोगटीले बताउनु भयो ।

पतञ्जली योग समिति अछामका अध्यक्ष जय बहादुर बोगटी

साध्वि देवादिति सहित पतञ्जली योग समितिका बिशिष्ठ व्यक्तित्वहरुको समुपस्थितिमा चैत्र १३ गते बिहान साढे पाँच बजेदेखि कार्यक्रम हुने आयोजकले जनाएको छ । अछाम बहुमुखी क्याम्पसको प्रांगणमा बिहान साढे ५ बजेदेखि साढे ८ बजेसम्म योग तथा ९ बजेदेखि साढे १० बजेसम्म सत्संग र आयुर्वेदिक परामर्श कार्यक्रम गरिने अध्यक्ष बोगटीको भनाई छ ।

अछाम जिल्लामा यति बिशिष्ठ व्यक्तित्वको उपस्थितिमा पहिलो पटक कार्यक्रमको आयोजना गर्न लागिएको समेत उहाँले बताउनु भएको छ । योगले शरीर तथा चित्तको शुद्धि गर्ने भएकाले पछिल्लो समय यसमा आकर्षण बढीरहेको पाईएको छ ।

यसैवीच हामीले पतञ्जली योग समिति अछामका अध्यक्ष जय बहादुर बोगटीसंग योगको महत्व तथा योग शिविरका बारेमा छोटो कुराकानी गरेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button