
गाउँपालीका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
अछाम : राष्ट्रका लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ राष्ट्रपति रनिङ शिल्ड प्रतियोता बान्नीगढी जयगढ गाउँपालीकामा सम्पन्न भएको छ।
समापन कार्यक्रम प्रमुख अथितीको आसनबाट बोल्दै बान्नीगढी जयगढ गाउँपालीका अध्यक्ष राजेन्द्र बहादुर खड्काले सफलता पुर्वक खेल समापन भएकोमा खेलाडी प्रशिक्षक खेल संयोजक धन्यवाद ब्यक्त गरे।
अब जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अनुशासनका साथ कुसल प्रदर्शन गरेर बान्नीगढी जयगढ गाउँपालिकालाई चिनाउन आग्रह गरे।
पाएक पर्ने ठाउँमा सार्वजनिक जग्गा नहुदा खेल क्षेत्र बिकास निम्ति खेल मैदान बनाउन समस्या भएको बताउदै आगामी दिनमा के गर्न सकिन्छ भनेर कार्यपालिका छलफल गरिने अध्यक्ष खड्काले बताए ।
समाजमा रहेका बिकृति अन्तय गर्नमा समेत खेल र खेलाडीको महत्त्वपूर्ण भुमिका रहेको खेल र खेलाडीको बिकास निम्ति गाउँपालिका सदैव तयार रहेको अध्यक्ष खड्काले बताए।
गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ७ स्वर्ण ६ रजत ३ कास्य सहित कुल १६ पदक जित्दै सरस्वती माध्यमिक बिधालय जयगढ प्रथम ,५ स्वर्ण २ रजत ५ कास्य सहित कुल १२ पदक जित्दै बिन्धेवासीनि बिधालय माझठाना दर्ना दृत्रिय र ४ स्वर्ण५ रजत ८ कास्य सहित कुल १७ पदक जित्दै एेस्वर्य माध्यमिक बिधालय दर्ना त्रृत्रिय भएको छ।
बान्नीगढी जयगढ गाउँपालीका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सरस्वती माध्यमिक बिधालय जयगढमा प्रतियोगिता सम्पन्न भएको हो ।