३२ जना एचआईभी सङ्क्रमित लाई आर्थिक सहयोग

अछाम : बान्नीगढी जयगढ गाउँपालीकामा एआईभी सङ्क्रमित हरुका लागि जीवन निर्वाह तथा बार्षिक पोषण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालीका अध्यक्ष राजेन्द्र बहादुर खड्काको प्रमुख अथित्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले आफुहरु एचआईभी सङ्क्रमित हरुका लागि सधैव सकेजति सहयोग गर्न तयार रहेको बताएका छन । एआईभी आफैमा कुनै रोग नभएको शरिरमा रोग सङ्ग लड्ने क्षमताको कमिले यस्ता रोग हरु आक्रमण गर्ने हुदा पोषिलो खाना खान अनुरोध गरे।

कुनै समस्या परे सिधै सम्पर्क गर्नसमेत अध्यक्ष खड्काले आग्रह गरे।गाउँपालिकाले विभिन्न कार्यक्रम मार्फत एआईभी सङ्क्रमित हरुलाई समेट्दै आएको आगामी दिनमा समेत निरन्तरता दिने सङ्क्रमित हरुलाई सहज रुपमा दिर्घरुपमा जीवनयापन गर्न सहज होस भन्ने उदेश्य यस्ता कार्यक्रम गरेको बताए ।

कार्यक्रम बोल्दै वडा नं ४ तिमिल्सैनका वडा अध्यक्ष कर्ण बहादुर ठकुल्लाले एचआईभि संक्रमित हरुले पोषण युक्त खानेकुरा खानु पर्नेमा जोड दिए। उच्च मनोबल राख्दा रोग सङ्ग लड्ने क्षमतामा बृदि हुने हुदा उच्च मनोबल राख्न अनुरोध गरे। रोग नलुकाई खुलेर आउन,सक्रमित हरुलाई आय आर्जन मुखि कार्यमा लाग्न ,समाजमा हुने सामाजिक क्रियाकलाप सहभागी हुन वडा अध्यक्ष ठकुल्लाले आग्रह गरे।

एचआईभी संक्रमित हरुको क्षेत्रमा लामो समय सम्म सक्रिय रुपमा लागेकी एचआईभी संक्रमित महिला गंगा थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। बान्नीगढी जयगढ गाउँपालीकाले आफुहरुको जीवन यापनको निम्ति बिभिन्न काम गरिदिएको यस्ता कार्यक्रम निरन्तरताको लागि थापाले आग्रह गरिन ।

बान्नीगढी जयगढ गाउँपालीका स्वास्थ्य शाखाको बार्षिक कार्यक्रम अनुसार गाउँपालीका भित्रका १० पुरुष र २२ महिला गरि ३२ जना एचआईभी सङ्क्रमित हरुलाई जीवन निर्वाहका लागि प्रति ब्याक्ति ४ हजार ५०० का दरले रकम उपलब्ध गराईएको स्वास्थ्य शाखा प्रमुख बसन्त रावलले बताए ।

हाल बान्नीगढी जयगढ गाउँपालीका वडा नं १ गाज्रामा १ वडा नं २ जनालिकोटमा ६ वडा नं ३ वरदादेवीमा १२ वडा नं ४ तिमिल्सैनमा ७ वडा नं ५ कालीकाका ३ र वडा नं ६ दर्नाका ३ जना एचआईभी सङ्क्रमित रहेका बान्नीगढी जयगढ गाउँपालीका स्वास्थ्य शाखा प्रमुख बसन्त रावलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button