पोखरा विश्वविद्यालय क्रिकेट लिगमा ग्रीनल्याण्ड स्टिल्थ सिक्सर्स विजयी

पोखरा : पोखरा विश्वविद्यालय क्रिकेट लिगको चौथो सिजनको पाँचौं दिन ग्रीनल्याण्ड स्टिल्थ सिक्सर्स विजयी भएको छ ।

ग्रीनल्याण्ड स्टिल्थ सिक्सर्सले गण्डकी स्ट्राइकर लाई १४ रनले हराउदै पोखरा विश्वविद्यालय क्रिकेट लिगको सेमि- फाइनलमा प्रवेश गर्न सफल भएको छ।

ग्रीनल्याण्ड स्टिल्थ सिक्सर्सका तर्फबाट खेलाडी दीपेश खत्रीले ४८ रन , मनीष पौडेलले २७ रन, तेजेन्द्र घरतीले ८ रन, सिद्धार्थ खड़काले ५ रन र सोनू तामंगले ४ रन लीन सफल भए।

त्यसैगरी बलिङतर्फ ग्रीनल्याण्ड स्टिल्थ सिक्सर्स बाट राष्ट्रिय खेलाडी सोनू तामंगले ३ र दिपेश खत्रीले १ विकेट लिएका थिए भने , तुलाराम लामिछानले २, र सुमन गिरिले ३ विकेट लिए ।

१८.२ ओभरमा अल आउट गराएर ग्रीनल्याण्ड स्टिल्थ सिक्सर्सले विजय यात्रालाई कायम गरेको छ। ग्रीनल्याण्ड स्टिल्थ सिक्सर्सका राष्ट्रिय खेलाडी समेत रहेका दिपेश खत्री प्लयेर अफ दि म्याच घोषित भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker