५६ जिल्लाका पाँच सय २३ ठाउँमा डढेलो, एक दशकयताकै धेरै भएको विभागको दाबी

चैत १४, २०७७ शनिबार

काठमाण्डाै – चैत महिना लागेसँगै जङ्गलमा डढेलो लाग्ने क्रम बढेको छ  । वन तथा भू-संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्याँक अनुसार अहिले ५६ वटा जिल्लाका पाँच सय २३ ठाउँमा डढेलो लागिरहेको छ ।

पर्सामा मात्र ६० ठाउँको जङ्गलमा डढेलो लागिरहेको छ भने मकवानपुरमा ४१, चितवनमा २७ र नवलपुरमा २६ ठाउँमा डढेलो लागिरहेको छ । तापक्रम बढ्दै जाँदा पश्चिम नेपाल र मध्य तराई तथा केही पहाडी भेगमा डढेलो निकै फैलिएकोले सतर्क रहन विज्ञहरूले चेतावनी दिएका छन् ।

हिजोदेखि बढेको वायु प्रदूषणको मुख्य कारण पनि डढेलो नै रहेको वातावारण विभागका प्रवक्ता इन्दुबिक्रम जोशीले बताउनुभयो । वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सावधानी अपनाउन आग्रह गरेकाे छ ।

यस वर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलो एक दशकयताकै उच्च भएको वन तथा भू-संरक्षण विभागले जनाएको छ । नेपालमा सामान्यतया चैतदेखि जेठसम्म बढी आगलागी हुने गर्छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button