नेपालले जित्याे त्रिदेशीय फुटबल कपकाे उपाधि

चैत १६, २०७७ सोमबार 

काठमाण्डाै – नेपालले त्रिदेशीय फुटबल कपकाे उपाधि जितेकाे छ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक ले हराउँदै च्याम्पियन बनेकाे हाे ।  

नेपालका लागि लागि खेलकाे १८ औँ मिनेटमा सन्जाेक राईले र ४२ औँ मिनेटमा विशाल राईले गाेल गरे । पहिलाे हाफमा नेपालले दुई–शून्यकाे अग्रता बनाए पनि दाेस्राे हाफमा बङ्गलादेशले एक गाेल गरेकाे हाे । बङ्गलादेशले खेलकाे ८३ औँ मिनेटमा गाेल फर्काएकाे हाे ।  

याे जितसँगै नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेकाे हाे । यसअघि नेपालले घरेलु मैदानमा सन् १९८४ मा दक्षिण एसियाली खेलकुद महासङ्घ (साग) मा बङ्गलादेशलाई हराएको थियो ।

लिग चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बङ्गलादेशसँग गोलरहित बराबरी खेल्दै लिगमा दोस्रो स्थान बनाउँदै फाइनलमा ठाउँ बनाएको थियो । बङ्गलादेशले भने लिग चरणमा किर्गिस्तानको ओलम्पिक टोलीलाई एक–शून्यले हराउँदा नेपालसँग गोलरहित बराबरी खेलेको थियो ।

उपाधि जितेकाे नेपालले पाँच हजार अमेरिकी डलर प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button