अछाममा अवैध बिडीसहित ट्रक नियन्त्रणमा

चैत्र १८ अछाम : अछाममा अवैध बिडीसहित प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको छ।

जिल्लाको साफेबगर नगरपालिकाको भुगोरकोटबाट बुधबार साँझ ट्रक नियन्त्रणमा लिएको अछाम प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले राजश्व छली गरेर भित्र्याइएको बिडी बोकेको ट्रक नियन्त्रणमा लिएर जिल्ला ल्याइरहेको बताए।

प्रहरी नायब उपरीक्षक अर्यालकाअनुसार जिल्ला पुगाएपछि मात्र त्यसबारे विस्तृत विवरण सार्वजनिक गरिने बताए।

बरामद गरिएको बिडी आन्तरिक राजश्व कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button