क्रिकेट मैदानको उपप्रमुख उपाध्यायद्धारा अनुगमन

चैत्र, १८ अछाम : मंगलसेन नगरपालिका–४ मा निर्माण गरिएको बृहत् क्रिकेट मैदानको आज मंगलसेन नगरपालिकाका उपप्रमुख तथा योजना अनुगमन समिति प्रमुख सरिता उपाध्याय सहितको टोलीले अनुगमन गरेको छ ।

मैदानमा पुगेर टोलीले मैदानको निर्माण अवस्थाको बारेमा जानकारी लिएको हो ।

अनुगमनका क्रममा काम सन्तोषजक भएको र आगामी दिनमा विस्तारित गर्न आवश्यक रहेको टोलीको भनाइ रहेको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तरगत सुदूरपश्चिम प्रदेशको सहयोगमा क्रिकेट मैदान निर्माण गरिएको हो ।

२०७७ माघ १० गते सम्झौता भएर चैत मसान्तभित्र सम्पन्न गर्नुपर्ने योजनाको लक्ष्य रहेको थियो ।

उक्त क्रिकेट मैदान निर्माणको लागि मंगलसेन नगरपालिका–४ नागातोलीका २२ परिवारले जग्गा निशुल्क प्रदान गरेको मैदान निर्माण अभियानका अगुवा लिलाराज केसीले जानकारी दिनुभयो ।

मैदान अनुगमनमा उपप्रमुख उपाध्याय, वडा नम्बर ४ का अध्यक्ष पदमबहादुर धामी, नगरका इन्जिनियर खम्म केसी, खरिदार नरेशबहादुर कठायत, योजना शाखाका नन्दराज ढुंगाना लगायत रहेका थिए ।

यस्तै उपप्रमुख उपाध्यायले मंगलसेन–४ मा रहेको स्वास्थ चौकीको अवस्था बारेमा स्थलगत रूपमा जानकारी लिनुभएको छ ।

स्वास्थ्य चौकीबाट दिइरहेको सेवा, सेवाग्राही आउने अवस्था र अन्य भौतिक अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।

जानकारी लिने क्रममा उपाध्यायले अधिकतम रूपमा नागरिकलाई सहज सेवा प्रदान गर्न सुझाव दिनुभएको छ ।

स्वास्थ्य चौकीको समग्र अवस्थाका बारेमा उक्त संस्थाका प्रमुख रत्नाकुमारी सोडारीले जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button