
सुतारको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
चैत्र, १८ अछाम : रामारोशन गाउँपालिका वडा नम्वर ७ सुतारको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
आर्थिक बर्ष २०७६÷७७ मा वडाको बार्षीक निति तथा कार्यक्रमको बारेमा समिक्षा सहित आगामी कार्यक्रमका बारेमा छलफल गरिएको हो ।
वडा अध्यक्ष खडक बहादुर भन्डारीको अध्यक्षतामा भएको सार्बजनिक सुनुवाई कार्यक्रममा आर्थिक बर्ष २०७६÷७७ मा आय–व्याय तर्फ ४२ लाख, १६ हजार, ८ सय रुपैँया बराबर वडामा भए गरेका कार्यहरुको बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष भण्डारिले वडाको समग्र बिकासका लागी सबै नागरिकहरु जागरुक बन्नु पर्नेमा जोड दिनु भयो ।
हरेक बिकास निर्माणका लागी एक्लो वडा सरकारले मात्र पहल गरेर नहुने भन्दै स्वयम् स्थानिय नागरिकले एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।
वडा अध्यक्ष भण्डारीले बिकास निर्माणका क्रियाकलापलाई पारदर्शी तथा प्रभावकारी बनाउन स्वयम नागरिक चनाखो र पारदर्शि हुन सके उपलब्धी हासिल गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा सहभागीहरुले बिभिन्न जिज्ञासाहरु राखेका थिए । सहभागी हरुले वडाले आर्थिक बर्षमा गरेका आर्थिक, भौतिक, शैक्षिक, कृषि, पशु, स्वास्थ्य लगायतका क्षेत्रमा भएगरेका कामहरुको बारेमा जिज्ञासा राखेका हुन ।
कार्यक्रममा नेकपा एमालेका भरत अयडी, काङ्ग्रेसका निर्प भण्डारी, माओवादी केन्द्रका चन्द्र भण्डारि, नेबिसंघका राम बहादुर भण्डारि, दलित प्रतिनिधि झन्कर कामी, कार्यपालिका सदस्य पाना कामी, वडा सदस्य डिल्ली रावल लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।
वडा सदस्य देबु भण्डारिको स्वागत मन्तव्य बाट सुरुभएको सार्वजनिक सुनुवाई कार्यक्रमकोे सञ्चालन सचिव लोकेन्द्र रावतले गर्नुभएको थियो । यसैबिच ः आजै सुतार लाई पुर्ण खोप सुनिश्चित घोषणा समेत गरिएको छ ।