राष्ट्रसंघीय महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी समिति सदस्यमा बन्दना राणा निर्वाचित

काठमाण्डौ ( महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समितिको सदस्यमा बन्दना राणा निर्वाचित हुनुभएको छ ।

राति भएको चुनावमा उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । १ सय ८९ मध्ये राणाले १ सय ३७ मत प्राप्त गर्नुभयो ।

११ सदस्यीय समितिका लागि २० जनाको उम्मेदवारी थियो । दोस्रो कार्यकालमा पनि मानवअधिकारका विषयमा सजिलोसँग काम गर्न पाउने राणाले बताउनुभएको छ ।

संयुक्त राष्ट्रसंघीय परिषद्मा मानव अधिकार उच्च आयोग मातहतमा रहने महिलाविरुद्ध हुने विभेद उन्मूलनको समिति सिडको चालु कार्यसमितिमा पनि राणा सदस्य हुनुहुन्छ ।

नेपालको छाउपडी प्रथा, महिला हिंसा जस्ता घटनाले ‘सिड’ मार्फत् राष्ट्रसंघीय मञ्चमा बहसका लागि स्थान पाउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button