विश्वकप छनोटमा इङ्ग्ल्याण्डकाे लगातार जित

चैत १९, २०७७ बिहिबार

– कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलको युरोपेली क्षेत्रको छनाेट खेलमा इङ्ग्ल्याण्डले लगातार जित निकालेको छ ।

गएराति भएको खेलमा पोल्याण्डलाई २-१ गोल अन्तरले हराउँदै इङ्ग्ल्याण्डले ९ अंक जोडेको छ । समूह ‘आई’मा रहेको इङ्ग्ल्याण्ड शीर्ष स्थानमा छ ।

यस्तै, विश्वकप छनाेट खेलमा गएराति नै भएका अरु खेलमा अर्मानिया, नर्थ म्याक्याडोनिया, आइल्याण्ड, स्पेन, इटली, फ्रान्स, डेनमार्क, इजरायल, र स्कटल्याण्ड विजयी भएका छन् ।

स्कटल्याण्डले फारो आइल्याण्डलाई, इजरायलले मोल्डोमालाई, डेनमार्कले अस्ट्रियालाई र आइल्याण्डले लेचटेनस्थेनलाई समान ४-० गोल अन्तरले पराजित गरे । यस्तै,अर्मेनियाले रोमानियालाई ३-२ गोल अन्तरले पराजित गर्यो भने कोसोभो स्पेनसँग ३-१ गोल अन्तरले पराजित भयो ।

यस्तै, इटलीले लुथिनियालाई २-० गोल अन्तरले हरायो । ग्रीस र जर्जियाले १-१ गोलको बराबरी खेल्दा नर्थन आइल्याण्ड र बुल्गेरियाले गोलरहित बराबरी गरे । यस्तै, अरु खेलमा फ्रान्सले बोस्नियालाई १-० गाेल अन्तरले हरायो भने युक्रेन र काजखास्तानले एक/एक गोलको बराबरी खेले ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button