ट्रयाक्टरको ठक्करबाट मृत्यु भएकी महिलाकाे ३ दिन पछि पोष्टमार्टम

अछाम : ट्रयाक्टरको ठक्कबाट मृत्यु भएकी एक महीलाको ३ दिनपछि पोष्टमार्टम गरिएको छ ।

मङ्गलवार ट्रयाक्टरको ठक्कबाट मृत्यु भएकी जिल्लाको कमलबजार नगरपालिका–१० की ३२ वर्षीया नम्रता देउवाको आज बिहीबार पोष्टमार्टम गरिएको जिल्ला अस्पताल अछामले जनाएको छ ।

शव पोष्टमार्टमपछि आफन्तहरूले बुझेका छन् । 

मृतक देउवाका आफन्तले उचित क्षतिपुर्ति नदिएसम्म शव नबुझ्ने अडान राख्दै कमलबजार क्षेत्रमा चक्काजाम गरेर आन्दोलन गरेका थिए ।

स्रोतका अनुसार लाइसेन्स नभएका सहचालक कमलबजार नगरपालिका–९ मष्टाबण्डालीका ललित रावतले चलाइरहेको ट्र्याक्टरले ठक्कर दिँदा नम्रताको मृत्यु भएको थियो ।

यता जिल्ला प्रहरी कार्यालय अछामले दोषीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताएको छ । 

घटना घटेको तीन दिन पछि प्रहरी कार्यालयमा उजुरी दिएकाले घटनाको अनुसन्धान गर्न केही ठिला भए पनि सत्यतथ्य छानबिन हुने जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनकबहादुर बोहराले जानकारी दिनुभयो ।

मङ्गलवार कमलबजार नगरपालिका वडा नम्बर १० स्थायी घर भैइ कमलबजारमा व्यवसाय गर्दै आएकी ३२ बर्षीया देउवाको बजारबाट घर फर्किने क्रममा कमलबजार नजिकै जुन सैन भन्ने ठाउँमा ट्र्याक्टरको ठक्करबाट मृत्यु भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker