वाक नेपालद्वारा किसानलाई कृषि सामग्री वितरण

चैत्र १९, अछाम : अछाम जिल्लाका तीन वटा पालिकाका कृषकहरुलाई कृषि सामाग्रि वितरण गरिएको छ। वाक नेपाल र र्वल्ड भिजन इन्टरनेश्नलको साझदारीमा संचालित उत्थानशिल जिविकोपार्जन र पोषण परियोजना अन्तरगत जिल्लाका तीन वटा पालिकाका किसानहरुलाई कृषि सामाग्रि हस्तान्तरण गरिएको हो।

उत्थानशिल जिविकोपार्जन र पोषण परियोजना लागु भएका तीन पालिकाका २२ जना कृषकहरुलाई सामाग्रि प्रदान गरिएको हो। कृषकहरुलाई खोत जोत्न प्रयोग गरिने मिनीटिलर (हाते ट्याक्टर) र मकै छोडाउने मेसिन हस्तारतरण गरिएको वाक नेपालले जनाएको छ।

उत्थानशिल जिविकोपार्जन र पोषण परियोजनाको सहयोगमा प्रति मिनीटिलर (हाते ट्याक्टर) ७० हजार मुल्य बराबरको ६ वटा मिनीटिलर र प्रति मकै छोडाउने मेसिनको २१ हजार पर्ने १६ वटा मकै छोडाउने मेसिन प्रदान गरिएको जनाइएको छ। जस अन्तरगत मेल्लेख गाउँपालिकाका १६ जना कृषकलाई मकै छोडाउने मेसिन र पञ्चदेवल विनायक नगरपालिकाका ५ र कमल बजार नगरपालिकाका १ जनालाई खोत जोत्न प्रयोग गरिने मिनीटिलर (हाते ट्याक्टर) हस्तान्तरण गरेको छ।

कृषि सामाग्रि हस्तान्तरण कार्यक्रम साँफेबगर स्थित वाक नेपालको केन्द्रीय कार्यालयमा संस्थाका अध्यक्ष मिन बहादुर कुँवरको अध्यक्षतामा भएको थियो। सामाग्रि हस्तान्तरण गर्दै अध्यक्ष कुँवरले जिविकोपार्जनमा सहजता होस् भन्ने उद्धेश्यले कृषि सामाग्रि हस्तान्तरण गरिएको र सबै पक्षको सहयोगबाट जिविकोपार्जन कार्यक्रमलाई सफल बनाउन आग्रह गर्नु भयो।

उहाँले किसानहरुलाई परम्परागत तथा निर्वाहमुखी खेती भन्दा व्यवसायिक तथा आधुनिक खेतिमा आबद्व गराउनु पर्नेमा जोड दिनु भयो। उहाँले वितरण गरिएका सामाग्रिको प्रभावकारी ढंगले प्रयोग गर्न सुझाव दिनु भयो। उत्थानशिल जिविकोपार्जन र पोषण परियोजना उत्कृष्ट भएकाले जिविकोपार्जन कार्यक्रम पनि सबैसँगको सहकार्यले सफल बनाउने बताउन आवश्यक रहेको बताउनु भयो।

खाद्यन्नमा टेवा पुर्याउने र विषेशतः महिलाहरुको कार्यबोझ घटाउने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनु भयो। उहाँले विभिन्न खाले विपदहरुको सामना गर्न सबै एक जुट भएर काम गर्नु पर्ने बताउनु भयो। कृषि सामाग्रि वितरण कार्यक्रममा वाक नेपालका उपाध्यक्ष बल बहादुर केसी, कार्यक्रम व्यवस्थापक चेतराज जोशी, वाक नेपालद्धारा सञ्चालित विभिन्न परियोजनाका कर्मचारी लगायतको सहभागिता रहेको थियो।

परियोजनाको बारेमा उत्थानशिल जिविकोपार्जन र पोषण परियोजनाका दिलिप बोहराले गर्नु भएको थियो। कृषि सामाग्रि हस्तान्तरण कार्यक्रमको सञ्चालन उत्थानशिल जिविकोपार्जन र पोषण परियोजनाका अनुगमन अधिकृत जगत रावलले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button