नगर उपप्रमुख उपाध्याय सहितको टोलिद्धारा बिभिन्न योजनाको स्थलगत अनुगमन

होम साउद, अछाम १९ चैत्र ।

मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्याय सहितको एक टोलिले बिभिन्न वडाका योजनाहरुको स्थलगत अनुगमन गरेको छ । टोलिले वडानम्वर ८, ९ र १० मा निर्माणकार्य सम्पन्न भएका योजनाको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा वडानम्वर ८ को सरस्वती आधारभूत विद्यालय मर्मत कार्यको स्थलगत अवलोकन गरि थप सुधारका लागि आवश्यक निर्देशन दिएको छ भने वडानम्वर ९ को कैलाश बालविकास केन्द्रको घेरापर्खालको निरिक्षण गरिएको छ । यस्तै वडानम्वर १० मा ८ लाख लागतमा निर्माण भएको सातला सिंचाइ कुलोको समेत अनुगमन गरिएको छ ।

अनुगमन पश्चात नगर उपप्रमुख उपाध्यायले निर्माण भएका विकासे योजनाको दिगोपना र अपन्वत्व ग्रहणका लागि स्थानीयवासी अग्रसर रहनुपर्ने बताउँनुभयो ।

अनुगमन टोलीमा वडानम्वर ९ का अध्यक्ष हिरण्ड बोहरा, ९ का अध्यक्ष झपट रावल, १० का अध्यक्ष नेत्र रावल, नगरपालिकाका स्टोरकिपर नरेश कठायत,  सव ईञ्जिनियर हरिचन्द्र बडाल, एम आई एस अपरेटर होम बहादुर साउद, असिस्टेन्ट सव ईञ्जिनियर नारायण जोशी र सम्वन्धित योजनाका उपभोक्ता समितिका पदाधिकारीको सहभागीता रहेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button