धुर्मुस सुन्तली फाउन्डेसनलाई १९ हजार बढी आर्थिक सहयोग

धनगढी । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चेतनशिल युवा एकता कोषले धुर्मुस सुन्तली फाउन्डेसनलाई १९ हजार रुपैयाँ प्रदान गरेको छ ।

रोजगारीको सिलसिलामा भारतको मुम्बईमा रहेका अछामको मंगलसेन नगरपालिका वडा १२ र १४ का युवाहरुको समुहले रंगशाला निमार्णाका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई १९ हजार २ सय ८० रुपैंया सहयोग गरेका हुन ।

मेची-महाकाली अभियानमा आएको फाउन्डेसनको टिमलाई नेपालगञ्ज पुगेर एसबि रोकाया र सुरत कुवरले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन ।

रंगशाला निमार्णमा सहयोग पुग्ने हिसाबले आफुहरुले दिनमा हुने फजुल खर्च घटाएर सकेको आर्थिक रकम संकलन गरी सहयोग गरिएको उनीहरुले बताएका छन ।

सहयोग रकम बुझ्दै सिताराम कट्टेल धुर्मुसले सहयोगीदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन । रंगशाला निर्माणको लागि ३ अर्ब लाग्ने बताईएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker