
धनगढी,२० चैत्र
–माओवादी जनमुक्ति सेनाका कम्पनी कमान्डर तथा तत्कालीन नेकपा रामारोशन गाउँ कमिटी अध्यक्ष कम्मान सिंह साउद एमाले प्रवेश गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको नारालाई सफल पार्न एमाले प्रवेश गरेको उनले बताएका छन् ।
शुक्रवार एक बिज्ञेप्ती निकाल्दै उनले नेकपा माओवादीको नेतृत्वले निजी स्वार्थका कारण देसलाई अस्थिरता तर्फ धकेलेकाले आफूले समर्थन गर्न नसकेको उनले प्रस्ट पारेका छन् ।

साउदले लामो समय माओवादी जनमुक्ति सेनाको कम्पनी कमान्डर भएर काम गरेका थिए । उनी शान्ति प्रक्रिया पछि जिल्ला कमिटी सचिवालय सदस्य, नेकपा एमाले र माओवादी केन्द्रको एकताका बेलादेखि रामारोशन गाउँ कमिटी अध्यक्षको जिम्मेवारी वहन गर्दै आएका थिए ।