विभिन्न कार्यक्रम सहित राष्ट्रिय सहकारी दिवस मनाईयो

पहलमानपुर २० चैत्र – कैलालीको घोडाघोडी १० पहलमानपुरमा राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।

जिल्लाको पहलमानपुरमा एक समारोहको आयोजना गर्दै राष्ट्रिय सहकारी दिवस मनाइएको हो ।

पहलमानपुरमा रहेको सहकारीको संयुक्त आयोजनामा सहकारी दिवस मनाइएको आयोजक समितिका संयोजक पुष्कल बमले रेडियो मनको मझेरीलाई जानकारी दिनु भएको छ ।

सहकारी दिवसको अवसरमा मोहन्याल बचत तथा ऋण सहकारी संस्थाको प्राङ्गगणवाट सहकारीको सिदान्त र सहकारीको महत्व झल्कने नारा सहितको –याली निकालिएको थियो।

याली पश्चात एक औपचारीक कार्यक्रमको आयोजना गरि सहकारी दिवस मनाइएको थियो ।

शहकारी डिभिजन कार्यालयका निर्वतमान केन्द्रिय सदस्य एवं जिल्ला सहकारी संघका सल्लाहाकार समिति सदस्य भोज बहादुर बम प्रमुख अतिथि रहेको कार्यक्रममा सहकारी संस्थाका प्रतिनिधि शेयर सदस्य समाज सेवी एवं सरोकारवालहरुको सहभागीता रहेको थियो ।

भने कार्यक्रममा दिगो वातावरण संरक्षण बहुद्देश्य सहकारी संस्थाको प्राङ्गगणमा कार्यक्रम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button