२४ घण्टामा एक सय ७६ जनामा कोरोना सङ्क्रमण

चैत २२, २०७७ आइतबार

चीनले उपलब्ध गराएकाे काेराेनाविरुद्धकाे खाेप आउँदाे बुधवारदेखि लगाउन सुरु गरिने.

काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक सय ७६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ३४ सय ५६ जनाको पीसीआर परीक्षण गर्दा एक सय ७६ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७७ हजार नौ सय ४४ पुगेको छ ।

आइतवार थपिएकामध्ये ९९ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । काठमाण्डाैमा ८७, भक्तपुरमा चार र ललितपुरमा आठ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा एक सय १७ जना निको भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार दुई सय ४० पुगेको छ । अहिले नेपालमा १६ सय ७२ जना सक्रिय सङ्क्रमित छन् ।

गएकाे २४ घण्टामा काेराेना सङ्क्रमणका कारण कसैकाे पनि ज्यान नगएकाे मन्त्रालयले जनाएकाे छ । नेपालमा काेराेनाबाट अहिलेसम्म तीन हजार ३२ जनाकाे ज्यान गएकाे छ । 

यसैबीच चीन सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आउँदो बुधवारदेखि काठमाण्डौका विभिन्न खोप केन्द्रबाट लगाउन सुरु गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनबाट प्राप्त खोप अत्यावश्यक सेवामा संलग्न व्यक्ति, चीन सरकारको छात्रवृत्तिमा पढिरहेका तथा चीनमा पढ्न जान तयारी गरिरहेका विद्यार्थी, हिमालय व्यापारमा संलग्न व्यक्तिलगायतले लगाउन पाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । चीन सरकारले नेपाललाई आठ लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button