ललितपुर मेयर कप महिला क्रिकेटमा एपीएफ र ललितपुर विजयी

चैत २२, २०७७ आइतबार

ललितपुर – ललितपुर मेयर कप महिला टी–२० क्रिकेटमा आइतवार सशस्त्र प्रहरीको एपीएफ क्लब र ललितपुर मेयर्स–११ विजयी भएका छन् ।  

आइतवारकाे पहिलाे खेलमा एपीएफले सुदूरपश्चिमलाई ३७ रनले हरायो । त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएकाे एक सय २८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९ ओभरमा अलआउट हुँदै ९० रन मात्रै बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको एपीएफले ज्योति पाण्डेको ५९ रनको मद्दतमा एक सय २७ रन बनाएको थियो । 

याे जितसँगै एपीएफ चार अङ्कका साथ शीर्ष स्थानमा छ । 

यस्तै दोस्रो खेलमा ललितपुर मेयर्स–११ ले लुम्बिनी प्रदेशलाई २७ रनले हराएको छ । ललितपुरले दिएको एक सय ४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले पाँच विकेट गुमाएर एक सय १७ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका लागि सरस्वती जीएमले सर्वाधिक ४६ रन बनाइन् । 

यसअघि पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४४ रन बनायो । ललितपुरका लागि सुमन खतिवडाले अविजित ७७ रन बनाइन् । 

ललितपुर मेयर कप प्रतियोगितामा पाँच टाेलीकाे सहभागिता रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button