बाडामा बर्थिङ सेन्टरकाे उदघाटन संगै एकीकृत स्वास्थ्य शिविर

हाेम साउद, अछाम २६ चैत्र : मंगलसेन नगरपालिका वडानम्वर १३ काे बाडामा सहरि स्वास्थ्य क्लिनिककाे बर्थिङ सेन्टर र २ दिने एकिकृत स्वास्थ्य शिविरकाे उदघाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

मंगलसेन नगरपालिकाकाे पहलमा बर्थिङ सेन्टर संचालन भए पश्चात् नगरप्रमुख पदम बहादुर बाेहराले औपचारिक रुपमा उदघाटन गर्नुभएकाे हाे भने नगरपालिकाकाे सहयाेग तथा स्वास्थ्य कार्यालय अछामको आयाेजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हाे ।

साेहि अवसरमा यसाेधरा आधारभुत विद्यालयले नयाँ वर्षकाे शुभकामना आदानप्रदा कार्यक्रम गरेकाे छ। वडा अध्यक्ष प्रेम बहादुर थापाकाे अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा नगरप्रमुख पदम बहादुर बाेहरा प्रमुख अतिथि रहनुभएकाे थियाे ।

कार्यक्रममा बाेल्दै नगरप्रमुख बाेहराले स्वास्थ्य नै सबैभन्दा ठुलाे सम्पति भएकोले स्वस्थ समाजका लागि बर्थिङ सेन्टर र स्वास्थ्य शिविरले ठुलाे राहत हुने बताउनुभयो । बस्तीको बिकटतालाई ध्यान दिएर सहरि स्वास्थ्य क्लिनिक संगै सुरक्षित प्रसुति केन्द्र स्थापना गरिएको उहाँको भनाइ छ ।

जनताका आधारभुत स्वास्थ्य समस्यालाई समाधानका लागि नगरपालिकाले सम्पूर्ण कार्य गर्न तयार रहेकाे उल्लेख गर्नुभएको ।

साथै नगरप्रमुख बाेहराले बालवालिकालाई सहज अध्ययनका लागि यसाेधरा आधारभुत विद्यालय लाई प्रस्तावित माविका रुपमा अघि सारेकाे भन्दै शिक्षा र स्वास्थ्यकाे विकासका लागि स्थानीय पनि जागरुप हुनुपर्ने बताउनुभयो ।

कार्यक्रम स्वास्थ्य कार्यालयका बरिस्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगाना, जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. प्रेम प्रसाद ढुंगाना, डा. देवान्सु भट्ट, नगरपालिका स्वास्थ्य शाखा संयाेजक मान बहादुर साेडारि, सिनियर अहेव चन्द्रप्रसाद ढुंगाना, तेज बहादुर साउद, हेल्थ असिस्टेन्ट बिष्णु रावल, सिनियर अनमि टीका शर्मा, अहेव प्रवेश भण्डारी, ल्याव असिस्टेन्ट टाेप बहादुर बिष्ट, नगरपालिकाका एम आई एस अपरेटर हाेम साउद, असिस्टेन्ट सव ईञ्जिनयर हिरण्ड बाेगटी लगायतका अतिथि रहनुभएकाे थियाे ।

कार्यक्रममा यसाेधरा प्रस्तावित माविका बिब्यस अध्यक्ष जंग बहादुर धामी, शिक्षक कर्ण बहादुर धामी, बिद्यार्थी मनिषा धामीले शुभकामना मन्तब्य राख्नुभएको थियाे ।

सर्जन गडसिलाले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमकाे सञ्चालन शिक्षीका चन्द्रिका उपाध्यायले गर्नुभएको थियाे । एकीकृत स्वास्थ्य शिविर शुक्रबार वडानम्वर १३ कै बस्तीमा सञ्चालन गरिने मंगलसेन नगरपालिकाका एम अाई एस अपरेटर हाेम साउदले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button