नेरा माविमा स्मार्टकार्ड सहितको भेन्डिङ मेसिन र इन्सिनेटर जडान

चैत्र २९, अछाम : अछाम जिल्लाका विभिन्न विद्यालयमा किशोरीलाई सेनिटरी प्याड वितरणको कार्य शुरु भैरहेको छ ।

विद्यालयका किशोरी महिनावारी हुँदा व्यवस्थापनमा सहज होस् भनेर नेपाल सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम सहित बजेटमै व्यवस्था गरेको सेनिटरी प्याड वितरणको कार्य अछाम जिल्लाका सामुदायिक विद्यालयमा समेत शुरु गरिएको हो ।

कतिपय विद्यालयमा महिनावारी समुहका किशोरीलाई सिधै प्याड वितरण गर्ने गरिएको छ भने कतिपय विद्यालयमा मेसिन जडान गरी प्याड वितरण कार्य भैरहेको छ ।

सोही अन्तर्गत जिल्लाको नेपाल राष्ट्रिय माबि चाफामाण्डौमा मेशिन जडान गरी प्याड वितरण कार्य शुरुवात गरिएको छ । रामारोशन गाउँपालिका वडा नम्बर २ मा रहेको नेरा माविले भेन्टिङ मेसिन जडान गरेको हो ।

रामारोशन गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालयमा मेशिन जडान गरि प्रयोगमा ल्याईएको प्रधानाध्यापक मनोज रावलले बताउनुभएको छ ।

मेशिन जडान गरेपछि महिनावारीको समयमा महिला शिक्षिका एवम् छात्राहरूले सहजै रूपमा सेनिटरी प्याड प्राप्त गरी प्रयोग गर्न सहज हुने प्रधानाध्यापक रावलले बताउनु भयो ।

मेशिन जडान पश्चात् महिनावारीको समयमा विद्यालयमा अनुपस्थित हुने दर रोकिने बिश्वास लिईएको छ । मेशिन जडान भएपछि विद्यालयका शिक्षिका र क्षात्रा खुसी भएका छन् ।

जिल्लाका सबै स्थानीय तहले यो कार्य शुरु गरेपनि कतिपय विद्यालयमा प्रभावकारीता नदेखिएको पाईएको छ । समयमै प्याड मगाई आवश्यक परेको बेला नै किशोरीले पाउने गरी व्यवस्थापन गर्नुपर्ने सरोकारलाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button