चौरपाटीका सबै वडामा अनलाईन मार्फत ब्यक्तिगत घटना दर्ता सुरु

चैत २९, अछाम : चौरपाटी गाउँपालिकाका सबै वडा कार्यालयबाट अनलाईन मार्फत ब्यक्तिगत घटना दर्ताको सुरुवात गरिएको छ ।

आईतबार वडा नंम्वर २ सोकटमा एक कार्यक्रमका विच अनलाईन ब्यक्तिगत घटना दर्ताको सुरुवात गरेसँगै सबै वडा कार्यालयबाट अनलाईनको सुरुवात भएको चौरपाटी गाउँपालिकाले जानकारी दिएको छ ।

चौरपाटी गाउँपालिका अन्य छ वडा कार्यलयबाटै यस अघि नै अनलाईन सुरु गरिसकेको थियो ।

अनलाईन मार्फत ब्यक्ति घटना दर्ता हुदाँ ढड्डा नासिने च्यातिने समस्याका अन्त्य, दोहोरो दर्ता, पटक पटक सच्याउने प्रवृतिको अन्त्य हुने प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापाको भनाई रहेको छ ।

व्यक्तिगत घटना दर्ता गसिकेपछि सच्याउन नमिल्ने हुदाँ पहिलो पटक राखिएको सहि डाटा राखेर मात्र प्रमाण पत्र लिन सर्व साधारणलाई आग्रह गर्नु भयो ।

उहाँले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण निमावली २०७७ मा ब्यक्तिगत घटना दर्ता ३५ दिन सम्म निशुल्क, सो भन्दा पछी घटना दर्ता गरे दुई सय र प्रतिलिपी लिए पाँच सय जरिवाना लाग्ने हुदाँ समयमै घटना दर्ता गरि जरिवानाबाट छुटकारा पाउन सर्व गाउँपालिका वासीलाई अनुरोध गर्नु भयो ।

यस्तै नेपाल सरकार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशन अनुसार २०७८ बैशाख १ गते देखि १६ गते सम्म ब्यक्तिगत घटना दर्ता शिविर सबै वडाको वडा कार्यालयले तोकिएको दर्ता शिविरमा घटना दर्ता गर्न छुटेका सबै सेवा ग्राहीलाई आफ्नो पायक पर्ने स्थानमा गई घटना दर्ता गर्न अनुरोध गरिएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button