एमाले रामारोशन गाउपालिका संगठन कमिटी पुर्नगठन


कमल रावल, चैत ३० अछाम
नेकपा एमाले रामारोशन गाउपालिका संगठन कमिटीको बिस्तारित बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । जिल्ला कमिटी सचिवालय सदस्य एब गाउँपालिका इन्चार्ज मान बहादुर गिरिको अध्यक्षतामा भएको बैठकले भीष्म साउद अध्यक्ष उपाध्यक्ष भरत कुमार बिष्ट, नृप बहादुर साउद सचिव, सुर्य प्रशाद न्यौपाने उप सचीव, दिपा साउद पदाधिकारी रहने गरि ५१ सदस्यीय पालिका संगठन कमिटी गठन गरेको छ ।

अध्यक्ष शेर बहादुर कुवर पदाधिकारी तथा सदस्यलाइ सपथ गराउनु हुदै ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला कमिटी अध्यक्ष एंब राष्ट्रिय सभा सदस्य शेर बहादुर कुवरले नवगठित कमिटीका पदाधिकारी सदस्यलाई पद तथा गोप नियताको सपथ गराउनु भएको थियो । बैठकलाई सम्बोधन गर्दै जिल्ला कमिटी अध्यक्ष एंब राष्ट्रिय सभा सदस्य कुवरले कम्युनिष्ट पार्टीको संगठन विधि पद्धति अनुसार संचालन हुने बताउनु भएको छ ।

फुट र बिभाजनका विरुद्धमा सबै कार्यकर्तालाई एकजुट भएर अघि बढन आग्रह गर्नु भयो । गाउठाउको बिकासमा सबै नेता कार्यकर्ता उत्तिकै जिम्मेवार हुन भएकाले त्यस सचेत हुन आग्रह गर्नु भयो ।

बैठकमा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चक्र बहादुर रावल, जिल्ला कमिटी सदस्य भरत बहादुर अयडि, तारा बहादुर साउद, चक्र बहादुर रावल, राजेन्द्र कुवर र जगत बहादुर बुढा मगरको सहभागीता रहेको थियो । विस्तारित बैठकको संञ्चालन पदम बहादुर शाहले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button