कार्यकाल सकिएकाे ४ बर्षपछि अछाम उद्योग वाणिज्य संघकाे अधिवेशन हुँदै


चैत्र ३१, अछाम

कार्यकाल सकिएकाे झण्डै चार बर्षपछि अछाम उद्योग बाणिज्य संघले जिल्ला अधिवेशन गर्न लागेको छ । २०७१ सालमा अधिवेशन गरि ७४ सालमा कार्यकाल सकिएकाे संघले २०७८ बैशाख २४ र २५ गतेका लागि अधिवेशनकाे मिति ताेकेकाे हाे । कार्यकाल सकिएपछि संघ स्वतः निष्क्रिय हुने कानूनी प्रावधान छ ।
यसका बाबजुद कार्य अवधि सकिएकाे करिब ४ बर्षसम्म कार्यकाल सञ्चालन गरेकाे संघले जिल्ला प्रशाशन कार्यालय र अन्य व्यापारीकाे दबावपछि चाैथाे जिल्ला अधिवेशन तथा तेस्राे सधारण सभा गर्ने निर्णय गरेकाे संघका कार्यवाहक अध्यक्ष, अधिवेश आयाेजक तदर्थ समिति संयाेजक महेन्द्र बहादुर कडायतले जानकारी दिनुभयो ।

संघले यसअघि २०७६ फागुनमा अधिवेशन गर्ने मिति ताेकेकाेका अन्तिम समयमा अनिश्चितकालका लागि अधिवेशन स्थगित गरेकाे थियाे । यस्तै यही चैत्र २९ गते अधिवेशन गर्ने भन्दै त्यसकाे २ दिन अघि मात्रै सुचना जारी गरेकाेमा जिल्ला अधिवेशन २ दिनकाे समयाअवधि राखेर गर्न खाेज्नु अवैधानिक कार्य भएको र गर्न नमिल्ने भन्दै व्यापारीले बिराेध गरेपछि जिल्ला प्रशाशनकाे राेहवरमा अधिवेशन स्थगित गरिएको थियाे । संघको विधानमा चुनावी अधिवेशन गर्न कम्तिमा ३० दिन अगाडि सुचना जारी गर्नुपर्ने प्रावधान छ ।

जिल्ला प्रशाशन कार्यालयमा व्यापारीवीच छलफल गरि पुरानाे समिति भंग गर्दै अधिवेशन गर्नकाे लागि ७ सदस्यीय तदर्थ समिति गठन गरेकाे छ ।
तर्दथ समितीका संयोजक एवंम् संघका कार्यबाहक अध्यक्ष कडायतको अध्यक्षतामा बसेको बैठकले बैशाख २४ र २५ गते अधिवेशन गर्ने निर्णय गरेकाे हाे ।
अछाम उद्योग बाणिज्य संघले सूचना जारी गर्दै साधारण सभा तथा अधिवेशनमा भाग लिनका लागि २०६१ देखि २०७७ असार ३० गते सम्म आवद्ध व्यापारीले मतदान गर्न पाउने संघका महासचिव तथा तदर्थ समिति सदस्य बम बहादुर रावलले जानकारी दिनुभयाे ।

बैशाख १ गते देखि १५ गते सम्म सदस्यता नवीकरण गर्न सकिने र त्यसका लागि प्यानको प्रतिलिपी, घरेलु दर्ता प्रमाण पत्र नविकरण भएको प्रतिलिपी, २ प्रति फोटो आवश्यक पर्ने जनाएको छ ।

संघले आफ्ना नियमित कार्य नगरेकाे भन्दै व्यापारीहरु असन्तुष्ट बनेका थिए । नियमित रुपमा गर्नुपर्ने बार्षिक साधारण सभा, चुनावी अधिवेशन लगायतका कार्य नगरेकाे भन्दै व्यापारीले आलाेचना गर्दै आएका थिए । पछिल्लो समय पनि जिल्ला प्रशाशन कार्यालयमा अधिवेशन नगरेकाे र कार्यकाल सकिएकाे ४ बर्ष भैसक्दा समेत कुनै पहल नगरेकाे भन्दै उजुरी परेकाले जिल्ला प्रशासन कार्यालयले ताकेता गरेकाे थियाे ।

२०७१ सालमा भएको अधिवेशनबाट चन्द्रप्रसाद ढुंगाना निर्वाचित हुनुभएकोमा उहाँले राजीनामा गरेपछि तत्कालीन उपाध्यक्ष रामबहादुर शाहीलाई कार्यवाह अध्यक्ष बनाईएकाे थियाे । शाही २०७४ सालकाे स्थानीय निर्वाचनमा वडा अध्यक्ष भए पछि कडायत कार्यवाहक अध्यक्ष चयन हुनुभएको थियाे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button