सुदूरपश्चिममा विषु पर्व मनाइदै

धनगढी : हरेक वर्ष वैशाख १ गते पर्ने विषुवत संक्रान्तिको अवसरमा मनाइने विषु पर्व सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा धूमधामका साथ मनाइने चलन छ।

विषुवतको धार्मिक र सांस्कृतिक महत्त्व

नयाँ वर्षमा कनै प्रकारको बिसहरू नलागुन भनेर सिस्नु लगाउने गरिएको डोटी बहुमुखी क्याम्पका पूर्व सहप्राध्यापक बद्री बिनाडीले बताए।

विशेष गरि देवर भाउजु र समकालिन साथीहरूलाई सिस्नु लगाइ रमाइलो गर्ने गरिएको उनले बताए। डोटेली समुदायमा सिस्नु लागाउने मात्र नभइ दहि चिउरा बल गरेर खुवाउने पनि गरिएको बिनाडीले बताए।

उनका अनुसार सुदूरपश्चिमा पनि ठाउँ अनुसार फरक-फरक तरिकाले विषु पर्व मनाउने गरिएको बताए।

यस पर्वका स्थानीय भेगहरू धेरै भएपनि मूल रूपमा विषुवत संक्रान्तिका अवसरमा धार्मिक कृतिहरू बिमोचन गर्ने, पुजापाठ गर्ने, दान दक्षिणा दिने जस्ता धार्मिक कार्य गरिने उनले बताए। सुदूरपश्चिमको अछाम जिल्लामा नयाँ वर्ष अर्थात् वैशाख १ गतेका दिन कुल देवताको पुजा पनि गर्ने गरिएको उनको भनाइ छ।

विषु पर्व गाईगोरुका लागि पनि

यो पर्व मानिसका लागि मात्र नभइ गाईगोरुहरूका लागि पनि विशेष रहेको पूर्व सहप्राध्यापक बिनाडी ले बताए।

गोठालाहरूले विषु पर्वका दिन लठ्ठिहरु एक ठाउँमा जम्मा गरी पुजा गर्ने प्रचलन रहेकोले यो पर्व गाईगोरुका लागिसमेत विशेष रहेको उनको भनाइ छ। लठ्ठिहरुको पुजा गर्दा वर्ष भरी गाइगोरुहरूलाई कुनै प्रकारको बिस नलाग्ने धार्मीक मान्यता रहिआएको उनले बताए।

कोरोनो माहामारीमा विषु पर्व कसरी मनाउने ?

अहिलेको समयमा छिमेकी देश भारतमा नयाँ प्रकारको कोरोना भाइरस फैलिरहेको छ। भारतमा कामको खोजिमा गएका नेपाली नागरिक नेपाल फर्किने क्रम बढिरहेको र नेपालमा पनि यसको प्रत्यक्ष असर देखिरहेका बेला भिडभाड नगर्न सरकारले आग्रह गरिसकेको छ।

यो समयमा भारतबाट फर्केका नेपाली नागरिकलाई उचित क्वारेन्टिनको प्रबन्ध गरि सुरक्षित रूपले भिडभाड नगरि विषु पर्व मनाउन डोटी बहुमुखी क्याम्पका पूर्व सहप्राध्यापक बिनाडीले अनुरोधसमेत गरेका छन्। दीनेश खबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button