पायलमा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अछाम : चौरपाटी गाउँ पालिका वडा नम्बर ४ पायलमा नया बर्ष २०७८ सालको शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न भएको छ ।

शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै राष्ट्रिय सभाका सदस्य एंब नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष शेरबहादुर कुवरले २०७७ सालमा भएका नकारात्मक कामलाइ बिर्सदै २०७८ साल सबैको सकारात्मक बनी गाउँ देखि देश निर्माण गर्ने कार्यमा प्रेणा मिलोस भन्दै ,भोक रोग र गरिबिका विरुद्धमा लड्ने शक्ति मिलोस भनेर शुभकामना दिनु भयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष कुवरले बिकास निर्माणका हरेक काममा सबै एकजुट भएर लाग्न आग्रह गर्नु भयो ।

चौरपाटी गाउँ पालिका वडा नम्बर ४ पायलका वडा अध्यक्ष हर्क लोहरको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य राजेन्द्र कुवर नेपाल राष्ट्रिय शिक्षक संगठन गाउँ पालिकाका अध्यक्ष टंक प्रसाद जोशी समाजसेवी मोहन सिहं बोहरा पुर्ब शिक्षक दलबहादुर कुवर दलित अगुवा प्रेमबहादुर सुनार समाजसेवी जगतबहादुर कुवर लगाएतका बक्ताले शुभकामना दिनु भएको थियोे ।

वडा कार्यालयका कर्मचारी बिनोद कुवरले संचालन गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वडा सदस्य सुरतबहादुर कुवरले स्वागत गरेको कार्यक्रममा समाजसेवी बुद्धिजीवी शिक्षकको सहभागिता रहेकोे थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button