
बैशाख ३ अछाम : सार्वजनिक निजि साँझेदारीको अवधारणा एवं सम्भावना सम्बन्धी स्थानिय सरकार र निजि क्षेत्र विच एक दिने अन्तरक्रिया चौरपाटीमा सम्पन्न भएको छ ।
चौरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा विपन्न वालवालिकामा निजि क्षेत्रको लगानीका विषयमा छलफल गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका अध्यक्ष साउदले विपन्न वालवालिकालाई गाउँपालिकाको वाल अनुदान कोषबाट सहयोग गर्दै आएको र गाउँपालिकाको साथ साथै निजि क्षेत्रले पनि सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

अन्तक्रिया कार्यक्रममा चौरपाटी गाउँपालिका अति विपन्न दुुई वालवालिकालाई अध्ययन तथा जिविको पार्जनका लागि निजि क्षेत्रले आर्थिक सहयोग गरेको छ ।
वाक नेपाल यूवा शसक्तिकरण बुलगारी परियोजनाको समन्वय तथा निजि क्षेत्रको सहयोगमा चौरपाटी गाउँपालिका वडा नं. ७ मार्कु स्थित लक्ष्मी आधारभुत विद्यालयका एक छात्र र बैजनाथ मा.वि. पायल एक छात्रलाई दश हजारका दरले सहयोग गरिएको छ ।
लक्ष्मी आ.वि. मार्कुका कक्षा ८ मा अध्ययनरत छात्रलाई डि.के. स्टोर्स साँफेबगरका प्रोपाईटर धर्मेन्द्र बहादुर कुँवरले चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदको हातबाट रकम हस्तान्तरण गर्नु भएको थियोे ।
यस्तै बैजनाथ मावि पायलका एक छात्रलाई स्वार कन्स्ट्रक्सनका प्रोप्राईटर रवि स्वारले यस अघि नै दश हजार सहयोग गर्नु भएको वाक नेपालका उपाध्यक्ष वल बहादुर केसी जानकारी दिनुुभयो ।
दुवै वालवालिकालाई अध्ययन र जिविकोपार्जन गर्न अप्ठ्यारो भएको भन्दै वाक नेपालको पहलमा सहयोग गरिएको बताउनुभयो ।
चौरपाटी गाउँपालिकामा अझै १२ जना अति विपन्न वालवालिका रहेकोले विपन्नमा रहेका वालवालिकालाई निजि क्षेत्रलाई सहयोग गर्न वाक नेपालका उपाध्यक्ष के.सी आग्रह गर्नु भयो ।
अति विपन्न वालवालिकालाई सहयोग गरेको भन्दै वाक नेपाल यूवा शसक्तिकरण बुलगारी परियोजनाले दोय सहयोगीदातालाई दोसल्ला सहित कदरपत्रले सम्मान गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापा, वाक नेपाल यूवा शसक्तिकरण वुुलगारी परियोजना संयोजक महादेव ओझा, परियोजना सुुपरवाईजर सत्य स्वार लगायतको सहभागिता रहेको थियो ।