नेकपा एमाले बान्नीगढीको बिस्तारित बैठक सम्पन्न

अछाम : नेपाल कम्युनिष्ट पार्टी (एमाले ) बान्नी गढी जयगढ गाउँ पालिकाको बिस्तारित बैठक सप्पन्न भएको छ ।

बिस्तारित बैठकमा बोल्दै नेकपा एमाले जिल्ला कमिटी अछामका अध्यक्ष शेरबहादुर कुवरले विधि पद्धति अनुसार कम्युनिस्ट पार्टी संचालन हुने भएकोले सबै पार्टी कार्यकर्ता इमानदार भै पार्टी काममा लाग्न आग्रह गर्नु भयो ।

कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न लागेका बिभाजनकारिका विरुद्ध बान्नी गढी जयगढ गाउँ पालिकाका नेता कार्यकर्ता एक जुट भै लाग्न अध्यक्ष कुवरले आग्रह गर्नु भयो ।

बैठकमा जिल्ला कमिटी सचिवालय सदस्य हिरेण्ड भट्टराई जिल्ला कमिटी सदस्य हिक्मत खड्का ,डबल ठकुल्ला र राजेन्द्र कुवर युवा संघ नेपाल का केन्द्रिय सचीव दिपक कुवर लगाएतको सहभागिता रहेको थियोे ।

बान्नी जयगढ गाउँ पालिकामा पार्टी संगठनको अवस्था आगामी दिनमा गर्नु पर्ने कामका बारेमा स्थानीय नेता कार्यकर्ताले जानकारी गराएका थिए ।

बान्नी गढि जयगढ गाउँ पालिका संगठन कमिटीका अध्यक्ष तरुण खड्काको अध्यक्षतामा भएको बिस्तारित बैठकको संचालन तिलक ठकुल्लाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button