डोटीमा भीरबाट लडेर एकको मृत्य, २ जना घाइते

डोटी: डोटीमा भीरबाट लडेर एक जनाको मृत्य भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ का सुरेश कठायत मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

यस्तै २ जना घाइते अवस्थामा फेला परेको प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले बताए।

घाइते फेला पर्नेमा दिपायल सिलगढी नगरपालिका २ का सुरेश परियार र वडा नम्बर ३ का मोहन साउद रहेको उनले बताए।

मृतकसहित तिनै जना विद्युत कार्यालय पिपल्ला पछाडीको भीरमा भेटिएका हुन। बिहीवार राति मादक पदार्थ सेवन उनीहरु पिपल्ला बजारबाट घर फर्किएको बुझिएको छ।

घाइते मोहन साउँदको शैलेश्वरी अस्पताल दिपायल र सुरेश परियारको बयालपाटा अस्पताल अछाममा उपचार भइरहेको प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button