
आनन्द साँउद ,अछाम : २०७१ सालमा पूर्ण खोप जिल्ला घोषणा भएको अछाममा त्यसपछि पूर्ण खोप सुनिश्चिततको अभियान जारी रहेको छ ।
खोप कार्य निरन्तर चलिरहने र खोप उमेर समुहका सबै बालबालिकाले अनिवार्य खोप पाउनुपर्ने नेपाल सरकारको लक्ष्य अनुसार अछाम जिल्लाका सबै स्थानिय तहलाई पुर्णखोप सुनिश्चितता घोषणार प्रमाणीकरण गर्ने कार्य द्रुत गतिमा अगाडि बढिरहेको जिल्ला स्वास्थ कार्यालय अछमले जनाएको छ ।
पूर्ण खोप सुनिश्चितता तथा प्रमाणीकरण कार्य जिल्लाका हरेक वडा तहबाटै धमाधम भईरहेका छन् । अहिले सम्म जिल्लाका ओटा स्थानीय तह पूर्ण खोप जिल्ला घोषणा भैइसकेका छन् ।
जसमा जिल्लाको पञ्चदेवल विनायक नगरपालिका, कमलबजार नगरपालिका, रामारोशन गाउँपालिका, तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् ।
पूर्ण खोप सुनिश्चित घोषणा गर्दा पुरा गर्नुपर्ने सबै सूचक पुरा गरेपछि पालिकाहरूलाई घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
जिल्लाका सबै ९१ वडाबाट १६ देखि २३ महिनाका सबै बालबालिकाहरूको नामावली संकलन गरि १५ महिनामा पाउनु पर्ने दादुरा रूवेला दोस्रो मात्रा सहित सबै खोप पाए नपाएको एकिन गर्ने र छुट भएका बच्चालाई खोप लगाउने कार्य सकिएको सकिएको छ ।
यसैबिच आज मंगलसेन नगरपालिकाका विभिन्न वडाहरु पनि पूर्ण खोप सुनिश्चित घोषणा गरिएका छन् । नगरको वडा नम्बर ४, ७,१३ लगायतका अन्य वडाहरु लाई एक कार्यक्रमका बिच घोषणा गरिएका हुन ।
वडा नम्बर सातमाभएको कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष सिद्धराज ढुंगानाले गर्नुभएको थियो भने प्रमुख अतिथी संविधान सभा सदस्री भैरे कामी रहनुभएको थियो ।
स्वास्थ चौकीका अहेब कृष्ण प्रसाद जैशीले समग्र स्वास्थ प्रतिबेदन प्रश्तुत गर्नुभएको थियो ।
स्वास्थ्य चौकीका इन्चार्ज नर बहादुर बिष्टको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन सिनियर अनमी धनसरा ढुंगानाले गर्नुभएको थियो ।
उता मंगलसेन नगरपालिका वडा १३ बस्तीमा भएको कार्यक्रमको अध्यक्षता वडा सदस्य बल बहादुर बडेलाले गर्नुभएको थियो ।
भने कार्यक्रममा नेकपा एमाले वडा अध्यक्ष दिपक साउद, नेकपा माओवादी केन्द्र वडा संयोजक धनबिर नेपाली, बिद्रोह नेकपा जिल्ला सदस्य कर्ण बहादुर थापा, शिशु सुधार माध्यामिक विद्यालयका ब्यबस्थापन समिति अध्यक्ष ललित थापा, शिक्षक गोरख ओझा समाजसेबी गौरव नेपाली लगाएतको सहभागीता रहेको थियो ।

कार्यक्रमको संचालन स्वास्थ चौकी बस्तिका अहेब हिरा जोसिले गर्नु भएको थियो । अहिले अछाम जिल्लाका विभिन्न वडाहरुमा पूर्ण खोप सुनिश्चित घोषणाको कार्यक्रम तिब्र रुपमा भैइरहेका छन् ।