बैशाख ३ अछाम : कार्यक्रम अन्तर्गत अछामका विद्यालयहरुले ९ करोड ६७ लाख ५० हजार रुपैँया प्राप्त गर्ने
अछाम जिल्लामा ७१ वटा सामुदायिक विद्यालयहरु राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका छन् ।
कार्यक्रमम अन्तर्गत प्रस्ताव आव्हन गरे बमोजिमा आफ्नो प्रतावना पेश गर्ने विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको अनुपात हेरी आवश्यकताको आधारमा विद्यालयहरुलाई छनौट गरीएको शिक्षा बिकास तथा समन्वय ईकाई अछामका प्रमुख लक्ष्मण गिरीले जानकारी दिनुभयो ।
विद्यालयको प्रस्तावना तथा स्थानीय तहले सिफारीस गरेका विद्यालयको विवरण अनुसार शिक्षा विकास तथा समन्वय ईकाइमा प्राप्त प्रस्तावनालाई विभागमा पठाईएको उहाँले बताउनु भयो । प्रस्तावना पठाईएका विद्यालयहरु मध्ये ७१ वटा बिद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेको उहाँले बताउनुभयो ।
अछाम जिल्लाका ७१ विद्यालय छनोटमा परेको भन्दै यसको सफल कार्यान्वयन गर्नुपर्ने अछाम क्षेत्र नम्बर २ का संघीय सांसद यज्ञ बोगटीले बताउनु भयो । अहिले यी विद्यालय छनौटमा पार्न सफल भएको भन्दै आगामी दिनमा पनि जिल्लाका अन्य विकासका लागि आफु लागिरहने उहाँको भनाई छ । कार्यक्रम अन्तर्गत अछाम जिल्लाको क्षेत्र नम्बर १ का २२ विद्यालय र क्षेत्र नम्बर २ का ४९ विद्यालय छनौटमा परेका हुन् ।
अछाम जिल्लाका पालिका अनुसार जिल्लाको कमलबजार नगरपालिकामा १३ वटा विद्यालय छनौटमा परेका छन् । यसै गरी ढकारी गाउँपालिकामा १४ वटा बिद्यालय छनौटमा परेका छन् । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा ७ वटा बिद्यालय, तुर्माखाँद गाउँपालिकामा ८ वटा बिद्यालय र मंगलसेन नगरपालिकामा ७ वटा बिद्यालय छनौटमा परेका छन् ।
यसैगरी चौरपाटी गाउँपालीकामा ३ बिद्यालय, साँफेबगर नगरपालिकामा ८ वटा बिद्यालय, रामारोशन गाउँपालिकामा ५ वटा, मेल्लेख गाउँपालिकामा ४ विद्यालय र बान्नीगढी जयगढ गाउँपालिकामा २ वटा विद्यालय छनौटमा परेको शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा सार्वजनिक गरीएको विवरणमा उल्लेख गरिएको छ ।
अछाम क्षेत्र नम्बर १ मा जम्मा २२ विद्यालय मध्ये ८ वटा विद्यालयमा प्रति विद्यालय १८ लाखका दरले १ करोड ४४ लाख र १४ वटा विद्यालयमा प्रति विद्यालय ६ लाख ५० हजारका दरले ९१ लाख रुपैँया विद्यालयले प्राप्त गर्ने भएका छन् ।
यस्तै क्षेत्र नम्बर २ का ४९ विद्यालय मध्ये ३६ वटा विद्यालयमा १८ लाखका दरले ६ करोड ४८ लाख तथा १३ वटा विद्यालयमा प्रति विद्यालय ६ लाख ५० हजारका दरले ८४ लाख ५० हजार रुपैैँया प्राप्त गर्ने भएका छन् । विद्यालयले कक्षाकोठा निर्माण, खानेपानी सहति शौचालय निर्माण, कम्प्युटर ल्याब स्थापना, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, शिक्षामा नवीन प्रविधि प्रवद्र्धन, सिकाई सामग्री÷उपलब्धि अभिवृद्धि, बिशेष विद्यालय, भौतिक पूर्वाधार तथा शैक्षिक विकास जस्ता प्रस्तावनामा उल्लेख गरे बमोजिमको क्षेत्रमा प्राप्त रकम खर्च गर्न पाउने छन् ।
यसरी अछामका ७१ विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ९ करोड ६७ लाख ५० हजार रुपैँया प्राप्त गर्ने भएका छन् । यसबाट यहाँका विद्यालयहरुको केही हदसम्म भएपनि सुधार हुने शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख गिरीले बताउनु भयो ।
हाल अछाम जिल्लामा शैक्षिक सुधारका लागि आएको यो रकम ठुलो भएको र यसको सही सदुपयोग गर्नुपर्ने अनेरास्ववियूका केन्द्रीय सदस्य शिद्धप्रसाद ढुंगानाले बताउनु भयो । आ–आफ्नो स्थानीय तहमा समयमा नै काम सम्पन्न गराउन सबै लाग्नुपर्ने उहाँको भनाई छ । कार्यक्रमका लागि देशभरबाट करिब १३ हजार आवेदन परेकोमा ७ हजार २ सय ७८ विद्यालय छनौटमा परेका छन् ।