भारतमा कोरोनाले नौकरी छुुटेपछी गाउमा कुखुरा ब्याबसायमाः बोहरा

कमल रावल, बैशाख ४ अछाम
मंगलसेन नगरपालिका वडा नम्बर ८ का टोप बहादुर बोहरा उमेरले २९ बर्षको हुनु भयो । टोप बहादुर १९ बर्षको उमेरमै कामको शिलशिलामा भारतमा जानु भएको थियो । करिब १० बर्षसम्म निरन्तर रुपमा टोप बहादुर भारतमा होटेलमा काम गर्दै आएका थिए

भारतको मुम्बई शहरमा होटलमा काम गर्ने टोप बहादुर लगाएत उहाँकी श्रीमती, छोरी उतै बस्दै आएका थिए । तर भारत लगाएत विश्वभर फैलिएको कोरोनाभाईरसले उहाँलाई समस्या भयो । जहाँ उहाँले काम गर्ने होटल समेत अनिश्चितकालका लागी बन्द हुन पुग्यो, यसले गर्दा चैत देखी झण्डै असोज सम्मको ६ महिनामा भएको लकडाउनले टोप बहादुरलाई भारतमा आर्थिक समस्या निकै निम्त्यो ।

६ महिनाको अवधिमा काम गरेको तलबको ३० प्रतिशत मात्रै उनलाई पैसा आउन थाल्यो जुन पैसाले उहाँको परिवारलाई खान र बस्न समेत धौँ धौँ हुन थालिसकेको उहाँले प्रतिक्रिया दिए । बिहान बेलुकी छाक टार्न समेत भारतमा धौ धौ हुन थालेपछी घरपरिवारलाई अब आफ्नै देशमा जसरी पनी पाल्छु भनेर असोज १५ गते आफ्नो देश नेपाल उनि आए, नेपाल आएपछी बोडरको त्यो समस्या छिचोल्दै घर पुगेको उनको परिवारले सजिलै घर जान पाएन ।

गाउमा पुगेको १५ दिनपछी मात्रै आफन्त, घरपरिवारसँग सुखदुखका कुरा साटासाट गर्न पाएका हनु । त्यस अवधिमा झण्डै १५ दिन क्वारेन्टाईन बसेर पिसिआर चेकजाँच गरेर रिपोर्ट नेगेटिभ आएपछी मात्रै घरमा आएका थिए । कोरोनाभाईरसको संक्रमण तथा जोखिम पछी घर फर्किएका टोप लगाएत अछामका हजारौँ युवाले आफ्नै गाउमा अब सरकारले काम दिन्छ सोचेका थिए ।

नजिकको स्थानिय सरकारले रोजगारको वातावरण गाउमै सिर्जना गर्ने उनिहरुको आशा थियो । तर त्यसो गाउमा भएको छैन, तै पनी टोपले गाउमा आएर हरेस खाएनन, उनको परिवार, भाई तथा बुवा आमा गरि १० जनाको परिवार छ, घरमै बस्दा उनले गाउमै केही गर्ने योजना बुनिरहेका टोपले हाल बोईलर कुखुरा ब्याबसाय गरिरहेका छन । करिब १ महिना अगाडीबाट सुरु गरेको आफ्नो घर नजिकै बनाएको कुखुरा फर्म मै ब्यस्त भएको देखिन्छन ।

टाेप बहादुर बाेहराले संञ्चालन गरेकाे बाेइलर फर्म ।

आफुसँग भएको ५० हजार बाँकी सहकारी तथा गाउले दाजुभाईको सहयोग मागेर ३ लाख लगानीमा बोईलर फर्म दर्ता गरि ब्याबसाय सुरु टोपले गरेका हुन । समीक्षा पोल्टी फर्म दर्ता गरेका टोपको फर्म हाल ३ सय बोईलर कुखुरा छन । मैले कुरा गर्दा दिनमा टोपले भन्नु भयो, चल्ला हालेको ३० दिन भयो, २ केजि भन्दा माथिका सबैछन, अब ४० दिन पुगेपछी बिक्रि वितरण गर्न सुरु गर्छु, आफ्नो कुखुराको ब्याबसाय देखेर टोप आफैमा खुशी छन तर स्थानिय सरकारले कुनै सहयोग नगरेकोमा दुखेसो पनी छ ।

कोरोनाले गर्दा अर्काको देशमा केही नहुने भयो भनेर आफ्नो गाउमा फर्केका छौँ, तर सहयोग कतैबाट हुदैन सहयोग हुनु परयो उनि भन्दैछन । अहीले ३ लाख लगानी गरेर ब्याबसाय संञ्चालन गरेको छु, आम्दानी अनुसार ब्याबसाय थप्दै जाने समेत उहाँले बताउनु भयो । कोरोना संक्रमणले आफुलाई आफ्नै गाउमा ल्याएको छ अब कहिल्यै पनी भारतमा नजाने उनको भनाई छ । यही ठाउमा कृषि तथा पशुपालन ब्याबसाय नै बनाएर घर परिवार पालेर बस्ने योजना रहेको उहाँले बताउनु भयो ।

उहाँले अगाडी भन्नु भयो आज भोली म जस्ता गाउघरमा कृषि ब्याबसाय, पशुपालन गर्ने थुप्रै युवा बढेका छन तर अब सरकारले यही सधैँ बसिरहने वातावरण मिलाई दिनु परयो । ब्याबसाय गर्दै जादा सरकारको तर्फबाट ऋण तथा आवश्यक अनुदान पनी उपलब्ध गराउनु पर्ने उहाँको माग छ, आफ्नो ब्याबसाय लामो समयसम्म टिकाउनका लागी उचित बजारीकरणका लागी समेत सहयोग गर्नु पर्ने उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button