रामारोशन गाउँपालिका अध्यक्ष साउदद्वारा बिध्यालयको अनुगमन

अछाम : रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासैन स्थित नवदुर्गा माध्यमिक विद्यालय छडेनाको निर्माणाधिन भवनको अनुगमन गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष झन्कर बहादुर साउद भाष्करको नेतृत्वमा गएको टोलिले निर्माण भईरहेको बिध्यालयको समग्र बस्तु स्थितिको बारेमा अनुगमन गरुएको हो ।

रामारोशन गाउँपालिका बाट विनियोजित ५४ लाखको लगानीमा बिध्यालयको भवन निर्माण भईरहेको छ ।

अनुगमन पश्चात बिध्यालयमा भेटघाट कार्यक्रम समेत भएको थियो । बिध्यालय ब्यावस्थापन समितिका अध्यक्ष भवानी प्रसाद जैशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष झन्कर बहादुर साउद भाष्कर रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष साउदले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता भएकाले पुरानो शिक्षा प्रणाली भन्दा पनि नयाँ प्रबिधिको शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

स्थानीय सरकार आईसके पछि हरेक बिध्यालयको शिक्षा सुधार, शिक्षकहरुको ब्यावस्थापन, विभिन्न संरचना निर्माण, कम्प्युटर शिक्षा लगायतका धेरै कार्य गरेको उल्लेख गर्नुभयो ।

भवन निर्माणको कार्य दिगो टिकाउ र समयमै सम्पन्न गरि बिध्यालय प्रशासन लाई हस्तान्तण गर्न समन्धित निर्माण ब्यावसायी लाई निर्धेशन दिनुभयो ।

फरक प्रसङ्गमा बोल्दै गाउँपालिका अध्यक्ष साउदले दुर्गम गाउँ छडेना, अल्लेडि लगायतका टोलहरु सडक संजाल संग नजोडिए सम्म आफुले लिने गाडी सुबिधा नलिने प्रतिबद्धता जनाउनुभयो ।

अबको एक महिना भित्रमा बिकासका पुर्बाधार सडक, बिधुत लगायका कामहरु गर्ने बताउनु भएको छ ।

कार्यक्रममा बिशिस्ट अतिथी वडा अध्यक्ष केश बहादुर बटाला रहनुभएको थियो । कार्यक्रममा सम्पुर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक, बिध्यार्थी र अबिभाबकहरुको सहभागिता रहेको थियो ।

केशर न्यौपानेको स्वागत मन्तब्य बाट सुरुभएको कार्यक्रमको सन्चालन रबिन्द्र प्रसाद जैशिले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button