अछाम जेसिजले उद्यमशीलता विकास सम्बन्धि ५ दिने तालिम गर्दै

टेकराज भण्डारी बैशाख ५, अछाम
उद्यमशीलता विकास सम्बन्धि पाँच दिने तालिम अछामको मंगलसेनमा आयाेजना गरिने भएको छ । विजनेश ईन्क्युवेशन एण्ड एक्सलेरेशन प्राेग्राम अन्तर्गत उद्यमशीलता सम्बन्धि तालिम सञ्चालन हुन लागेकाे हाे । युएसएडकाे आर्थिक सहयाेग, डिभीएस तथा कर्णाली रिभर बेसिन कन्जर्भेशन फण्ड र बिआर्सी नेपालकाे सहजीकरण तथा अछाम जेसिजकाे आयाेजनामा तालिमकाे आयाेजना गर्न लागिएको हाे । साेमबारबाट शुरु हुने तालिमको बारेमा आज मंगलसेनमा भएको पत्रकार सम्मेलनमा तालिमकाे बारेमा जानकारी गराईएकाे हाे ।

अछाम जेसिजका अध्यक्ष अम्मरनाथ न्याैपानेकाे अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली रिभर बेसिन कन्जर्भेशन फण्ड (KRBCF) का प्रमुख गाैरब देवकाेटाले संस्थाले गरिररहेकाे काम र तालिमकाे बारेमा जानकारी गराउनु भएको थियाे । आफुले कर्णाली नदीकाे उद्गम स्थलबाट पैदल यात्रा गरि ४४ दिन लगाएर अन्तिम स्थलसम्म पुगेकाे भन्दै यसकाे प्रभावित क्षेत्रमा उद्यमशीलताकाे विकास गर्न जरुरी रहेको उहाँले बताउनु भयाे । तालिम दिने र उद्यमीका लागि आवश्यक सहज वातावरण सिर्जना गर्ने गरेकाे बताउनु भयाे ।

तालिमका प्रशिक्षक किंग्स कलेज काठमाण्डाैँका प्रतिकराज न्याैपानेले उद्यम गरिरहेका र गर्ने साेच भएकाहरुलाई उद्यमतर्फ थप आकर्षित गराई सफल व्यवसायी बनाउन तालिमले सहयाेग गर्ने बताउनु भयाे । तालिम व्यवहारिक हुने भन्दै युवामा उद्यमशीलताकाे विकास, सफल व्यवसायी बन्न प्रेरित गर्ने तथा राम्रो उद्यम गर्न सक्ने बनाउने तालिमकाे उद्देश्य रहेकाे प्रशिक्षक न्याैपानेकाे भनाइ छ ।

तालिममा २२ जना युवा उद्यमीकाे सहभागिता रहने तालिमकाे संयाेजन गरि रहनु भएका जेसीजका निवर्तमान अध्यक्ष तुलाराम न्याैपानेले जानकारी दिनुभयाे ।

कार्यक्रममा प्रशिक्षक अभिषेक नेपाल पत्रकार शिवराज ढुंगाना, रामाराेशन दैनिकका सम्पादक तथा अछाम जेसिजका पूर्व अध्यक्ष नरेशकुमार शाही, रेडियो गाउँघरका प्रमुख टेक बहादुर थापा, अछाम जेसिजका पदाधिकारी लगायतको सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन अछाम जेसिजका महासचिव टेकराज भण्डारीले गर्नु भएको थियाे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button