
अछामका २ जना कोरोना संक्रमित जिल्ला अस्पतालको आईशुलेसनमा
कमल रावल, बैशाख ६ अछाम
अछामका २ जना कोरोना संक्रमितको स्वास्थ्यमा समस्या आएपछी आईशुलेसन वार्डमा राखेर उपचार सुरु गरिएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १० जुपुका ३१ बर्षिय र साफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटका २५ बर्षिय पुरुषलाई जिल्ला अस्पताल मंगलसेनको आईशुलसेन वार्डमा राखेर उपचार सुरु गरिएको हो ।
१४ दिन अघि भारतबाट घर आएका ३१ बर्षिय जुपुका पुरुषलाई स्वास फेर्न निकै गारो सहीत कोरोनाको सम्पुर्ण लक्षण देखिएपछी हिजो एन्टीजेन परिक्षण गर्दा जिल्ला अस्पतालमा पुष्टि भएको जिल्ला अस्पतालका सुचना अधिकारी गँगा बुढा मगरले बताउनु भयो । हिजो चेकजाँच सहीत भर्ना गर्दा निकै असहज बिरामीलाई भएपनी अहीले नियमीत अक्सीजन दिने सहीत औषधि चलाउदा क्रमीक रुपमा सुधार हुदै गएको बुढाले जानकारी दिनु भयो ।
साँफेबगरका २५ बर्षिय पुरुष पनी भारतबाटै आएको र बयलपाटा अस्पतालमा चेकजाँच गर्दा कोरोना पुष्टि भएपछी जिल्ला अस्पतालमा ल्याएर आईशुलेशन वार्डमा उपचार जारी रहेको उहाँले बताउनु भयो । अछाममा धेरै नागरिक यतिबेला भारतबाट गाउमा आएकाले सबैले स्वास्थ्य संस्थामा सेवा लिन आउदा स्वास्थ्य सम्बन्धीका सबै मापदण्ड पालना गर्न उहाँले आग्रह गर्नु भयो ।
जिल्ला अस्पतालबाट प्रदान हुने सेवा सबै सुचारु रहेकाले हरेकले स्वास्थ्यको मापदण्ड अपनाएर सेवा लिन आउन समेत बुढाले आग्रह गर्नु भयो