मंगलसेनमा उद्यमशीलता विकास सम्बन्धि पाँच दिने तालिम शुरु

टेकराज भण्डारी, बैशाख ६, अछाम

अछाममा उद्यमशीलता विकास सम्बन्धी पाँच दिने तालिम शुरु भएको छ । युवाहरु तथा व्यवसाय गरिरहेका व्यक्तिलाई थप उद्यमी बनाई स्वरोजगार बनाउने उद्देश्यले पाँच दिने तालिमको आयोजना गरिएको हो । कर्णाली बेसीन कन्जर्भेशन फाउण्डेशन र अछाम जेसिजको आयोजना तथा बिआर्सी नेपालको समन्वयमा सञ्चालन भैरहेको तालिममा २२ जना उद्यमी व्यवसायीको सहभागिता रहेको छ । अछाम जेसिजका अध्यक्ष अम्मरनाथ न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा रहनु भएको थियो । नगरप्रमुख बोहराले हरेक व्यक्तिले केही न केही उद्यम गरेर आय आर्जन गुर्नपर्नेमा जोड दिनुभयो । सानोबाटै ठुलो काम गर्न सकिने भन्दै हरे व्यक्तिले उद्यमशील बन्ने मानसिकताका साथ अघि बढ्नुपर्ने भन्दै तालिमबाट सिकेको कुरालाई व्यवहारमा लागू गर्नैपर्नेमा जोड दिनुभयो ।

कुनै पनि काम सानो ठुलो नहुने भन्दै उहाँले अछाम जिल्ला कृषि, पशुपालन, फलफुल खेती लगायतमा निकै सम्भावना बोकेको जिल्ला भएको भन्दै आफु सुहाउँदो हरेक काम गर्न अग्रसर हुनुपर्ने बताउनु भयो । उद्यमीका लागि मंगलसेन नगरपालिका सधैँ तयार रहेको बताउनु भयो । युवा भनेको देशको मेरुदण्ड भएको भन्दै दृढ इच्क्षाशक्ति र सोचका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

विजनेश ईन्क्युवेशन एण्ड एक्सलेरेशन प्रोग्राम अन्तर्गत शुरु गरिएको तालिममा बिशिष्ठ अतिथि पञ्चदेवल विनायक नगरपालिका निमित्त प्रमुख प्रशाशकीय अधिकृत पदम बहादुर माझीले युवाहरुलाई आफ्नो रुचि र चहना अनुसार उद्यममा अग्रसर हुन आग्रह गर्नुभयो । विगतमा नेपाल हरेक क्षेत्रमा आत्मनिर्भर रहेको भन्दै अहिले त्यो अवस्था नरहेको उहाँको भनाई छ । उद्यमी बनेर उत्पादन बढाउन सके मात्र समृद्धि हुने भन्दै भन्दै हरेक सम्भावन बोकेको हाम्रो ठाउँमा काम गर्ने थुप्रै मार्ग रहेका उल्लेख गर्नुभयो ।

कार्यक्रममा आयोजक कर्णाली बेसिन कन्जर्भेशन फाण्डेशनका अध्यक्ष गौरब देबकोटा, अछाम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रभुनाथ खनाल, गैरसरकारी संस्था महासंघका सचिव बिमला शाही, तालिमका प्रशिक्षक किंग्स कलेज काठमाण्डौँका प्रतिकराज न्यौपाने, अभिषेक नेपाल, अछाम जेसिजका पूर्व अध्यक्ष नरेश कुमार शाही, निवर्तमान अध्यक्ष तुलाराम बिसी, अछाम जेसिजका उपाध्यक्ष तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मनकला न्यौपाने, रेडियो गाउँघर प्रवन्ध निर्देशक टेक बहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

सोही अवसरमा अछाम जेसिज २०२१ ले प्रकाशन गरेको भित्तेपात्रोको समेत बिमोचन गरिएको छ । अछाम जेसिजले अछाम जिल्लाका विभिन्न पर्यटकीय, धार्मिक तथा सांस्कृतिक पक्ष झल्किने तस्वीहरु समावेश गरी २०७८ सालको भित्तेपात्रो प्रकाशन गरेको थियो । भित्तेपात्रोको प्रमुख अतिथि बोहरा लगायत कार्यक्रमका अतिथिहरुले बिमोचन गर्नुभएको थियो ।

अछाम जेसिजका कार्यकारीणी उपाध्यक्ष हरिशचन्द्र रावलले स्वागत गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष दिपीका कुँवरले जेसिज आस्था पाठ गराउनु भएको थियो । तालिममा २२जनाको सहभागिता रहेको छ । कार्यक्रमको सञ्चालन अछाम जेसिज बर्ष २०२१ का महासचिव टेकराज भण्डारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button