
नेपाल नेदरल्याण्ड् संग तीन विकेटले पराजित
काठमाण्डाै – त्रिकोणात्मक टी २० सिरिजमा नेपालले पहिलो हार ब्यहोरेको छ । आज भएको खेलमा नेपाल मलेसियासँग तीन विकेटले पराजित भयो । यो हारपछि नेपालले फाइनलमा पुग्नका लागि अर्को खेल कुर्नुपर्ने भएको छ ।
कीर्तिपुर मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदा दुई सय ६ रन बनायो । नेपालले नेदरल्याण्ड्सविरुद्ध आज सुरुवात भने राम्रो गर्न सकेन । यसअघिका दुई खेलमा शतकीय साझेदारी गरेका कुशल भुर्तेल र आशिफ शेखको जोडी आज भने जम्न सकेन । नेपालको स्कोर २० रन हुँदा आशिफ शेख खाता खोल्न नपाउँदै आउट भए । उनले चार बल खेल्दा खाता खोल्न सकेनन् ।
त्यसपछि नेपालको स्कोर ६३ रन हुँदा दोस्रो विकेट गुमायो । कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा आउट भए । उनले १३ बलमा दुई चौका र एक छक्का प्रहार गरे । तेस्रो विकेटका लागि दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलविच ७८ रनको साझेदारी भएको थियो । जसमा कुशलले ४६ बलमा आठ चौका र एक छक्काको मद्दतले ६२ रन बनाए । ४६ रनको अवस्थामा उनले नो बलमा छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका थिए । उनी डेब्यु सिरिजमा नै लगातार तीन अर्धशतक बनाउने पहिलो खेलाडी बने ।
त्यसपछि नेपालको स्कोर एक सय ५४ रन हुँदा चौथो विकेट गयो । नेपालका दिपेन्द्रसिंह ऐरी ६० रनमा आउट भए । उनले ३० बलमा तीन चौका र पाँच छक्का प्रहार गरे । दिपेन्द्रले पनि टी २० मा पहिलो अन्तराष्ट्रिय अर्धशतक बनाउन सफल भए । त्यसपछि कुशल मल्लले सात बलमा तीन छक्काको मद्दतले १८ रन बनाएर आउट हुँदा नेपालको स्कोर एक सय ७६ रन बनाएको थियो । लगत्तै क्रिजमा आएका करण केसी एक रनमा आउट हुँदा नेपालले एक सय ७८ रनमा छैटौं विकेट खेर फाल्यो ।
टी २० क्रिकेटमा नेपालको यो दोस्रो उच्च स्कोर हो । यसअघि नेपालले मलेसियाविरुद्ध एक सय ७३ रन बनाएको थियो । नेपालले टी २० मा भुटानविरुद्ध १३ औं दक्षिण एशियाली खेलकुद सागमा दुई सय ३६ रनको उच्च स्कोर बनाएको थियो । अन्तिममा सोमपाल कामीले रनको योगदान गरे । बलिङमा नेदरल्याण्ड्सका पिटर सेलार र भिभिन किंग्माले दुई दुई विकेट लिए ।
जवाफमा नेदरल्याण्ड्सले १९ ओभर बलमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालले उसको स्कोर १४ रन हुँदा पहिलो विकेट लिन सफल भयो । मलेसियाविरुद्ध शतक प्रहार गरेका म्याक्स ओदोउदलाई सन्दिप लामिछानेले नौ रनमा आउट गरे । दोस्रो विकेटका लागि टोबीस भिसी र बेन कुपरले अर्धशतकीय साझेदारी गरेका थिए । तर भिसीलाई सन्दिपले नै ब्यक्तिगत १५ रनमा पेभेलियन फर्काए ।
त्यसपछि नेदरल्याण्ड्सको स्कोर एक सय ३३ रन हुँदा सन्दिपले नै तेस्रो सफलता दिलाए । उनले बेन कुपरलाई ५५ रनमा दिपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए । त्यसको लगत्तै नेदरल्याण्ड्सले चौथो विकेट गुमायो । उसको स्कोर एक सय ३३ रन हुँदा आर्यन दत्तलाई कुशल मल्लले ऐरीको हातबाट क्याच आउट गराए । उनले खाता खोल्न सकेनन् ।
पाँचौ विकेटका लागि डास डी लिडी र कप्तान पिटर सेलारविच ४९ रनको साझेदारी गरेका थिए । तर पिटरलाई सन्दिपले ब्यक्तिगत ३१ रनमा आउट गरे । उनले लगातार तीन छक्का खाएपछि विकेट लिएका हुन । जसका कारण नेदरल्याण्ड्सले एक सय ८२ रनमा पाँच विकेट गुमायो ।
लगत्तै अभिनाश बोहोराले स्कट इडवार्डलाई दुई रनमा पेभेलियन फर्काएपछि नेपालले छैटौं सफलता हात पार्यो । जसका कारण नेदरल्याण्ड्सले एक सय ९१ रनमा छैटौं विकेट गुमायो ।
नेदरल्याण्ड्सको जितमा बास डी लिडीले ८१ रन बनाए ।
अन्तिम ओभरमा नेदरल्याण्ड्सका लागि जितका लागि ६ रन चाहिएको थियो । जसमा उसले लगातार दुई चौका प्रहार गर्दै जित निकाल्यो ।