निर्वतमान सांसद बोहराको प्रण : राजनैतिक यात्रामा अझै सशक्त रूपले अघि बढ्ने छु

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका निर्वतमान प्रदेश सभा सदस्य झपट बोहराले राजनैतिक यात्रामा अझै सशक्त रूपले अघि अघि बढ्ने बताएका छन् । 

आज एक विज्ञप्ति जारी गर्दै आफू जनप्रतिनिधि नभए पनि जनताको हक र अधिकारको लागि अझै सशक्त रूपले अघि बढ्ने बताएका हुन् ।

‘मुलुकको वर्तमान राजनैतिक अवस्थाले  गर्दा हालै म जनप्रतिनिधिको भूमिकाबाट टाढिन पुगेको छु ।

तर, मेरो राजनैतिक यात्रा जनताको माझ अझै बढी सशक्त ढङ्गले निरन्तर रूपमा अगाडि बढ्ने छ भन्ने अटुट प्रतिबद्धता जाएर गर्न चाहन्छु ’आज जारी गरिएको बिज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा पिछडिएको वर्ग, दलित महिला विपन्न वर्ग र समुदायको हकहितका लागि सदैव लागि रहेको बताएका छन् । समाजवाद उन्मुख अर्थतन्त्र र सुखी नेपाली समृद्ध नेपालको अभियानलाई साकार पार्न सदैव प्रयत्नशील रहने समेत प्रतिबद्धता जनाएका छन् ।

‘जनप्रतिनिधिको भूमिकाबाट हाल टाढिन पुगे पनि जनताको सेवा र विकास गर्ने कुरामा जनताबाट कहिले पनि टाढिने छैन’ विज्ञप्तिमा भनिएको छ ।

निर्वतमान आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेको बोहराले तीन वर्ष सम्म जिम्मेवारी निर्वाह गर्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले विगतमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button