अछामका एक विद्यार्थी युवाकाे काठमाडौंमा मृत्यु, गाउँ नै शाेकमा

टेकराज भण्डारी अछामअछाम घर भई काठमाण्डाैँमा अध्ययनरत एक विद्यार्थी युवाकाे असामयिक निधन भएको छ ।

अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोट तोलिपाटा घर भै काठमाण्डौको हिमालयन कलेजमा विविएस चाैथाे बर्षमा अध्ययनरत नरेश साउँदकाे हृदयघातका कारण निधन भएको हाे ।

बुधबार बिहान एक्लै माेर्निङ वाकमा गएका साउँद विहान साढे ६ बजेतिर भक्तपुरको लोकन्थली आँखा हस्पिटल पछाडि एक्कासी लडेको देखिएका र केही समयपछि प्रहरीलाई खबर गरि अस्पताल लैजादै गर्दा बाटाेमै मृत्यु भएको उहाँको उद्धारमा संलग्न नेकपा एमाले अछामका सचिव डिवि साउँदले जानकारी दिनुभयाे ।

२४ बर्षका नरेशकाे शरीरमा अन्य कुनै घाउ तथा चाेटपटक नभएको पाईएकाे सचिव साउँदकाे भनाइ छ । पाेष्टमार्टम रिपाेर्टमा हृदयघात भएको हुनसक्ने र रक्त सञ्चारमा समस्या देखिएको उहाँले बताउनु भयाे ।

आमाबुवाले दु:ख कष्ठ गर्दै काठमाडौं पठाएर पढाईरहेका छाेराकाे यसरी एक्कासी निधन हुँदा सिंगाे गाउँ नै शाेकमा परेकाे मृतक नरेशका आफन्त खम्ब साउँदले बताउनु भयाे । कक्षा १२ सम्म अछामकै पिपलचाैर मावि ठाँटीमा अध्ययन गर्नुभएका नरेश करिब ५ बर्ष अघि काठमाण्डाैँ गई विविएस अध्ययन गरिररहनु भएको थियाे ।

अन्तिम बर्षमा अध्ययनरत रहेका र मेहनति, ईमान्दार तथा मिलनसार व्यक्तिको निधनबाट सम्पूर्ण साथीहरु तथा आफन्तजन स्तब्ध भएका आफन्त साउँदकाे भनाइ छ । मृतकका बुवा परु साउँद राेजगारीकाे शिलशिलामा भारतमा रहेका र छाेराकाे निधनपछि अछाम फर्किरहेका बताईएकाे छ ।

छाेराकाे निधनबाट उहाँकी आमा गहिराे पीडा तथा मुर्छित अवस्थामा रहेकी आफन्तले बताएका छन् । मृतककाे काठमाडौंमै पाेष्टमार्टम गरि शव अछाम ल्याईएकाे छ ।

काठमाडौंमा नेकपा (एमाले) अछामका पार्टी सचिव डि बि साउदकाे समन्वयमा झपट बोहरा, लोकबहादुर बोहरा, जनक रावल, जगत साउँद लगायतको सहयोगमा बिहिबार राति नरेशकाे शव अछाम ल्याईएकाे हाे । उहाँकाे शुक्रबार दाहसंस्कार गरिने परिवारजनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker