अछाममा कोरोना संक्रमित १ जनाको मृत्यु

आनन्द साँउद बैशाख ९ अछाम : अछाममा कोरोना भाईरसका कारण १ जनाको ज्यान गएकोे छ ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका ६५ बर्षका पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको हो । 

पछिल्लो समय विश्वमै सबैभन्दा बढी कोरोना भाईरसको संक्रमणदर रहेको भारतको गुजरातमा रोजगारीको शिलशिलामा रहेका उनी १५ दिन पहिले घर फलर्किएका थिए ।

स्वास्थ्यमा समस्या देखीएपछि बयालपाटा अस्पतालमा गरीएको पिसिआर परिक्षण उनमा बैशाख ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । 

उहाँको आज (बिहिबार) बिहान ७ः३० मा जिल्ला अस्पताल अछाममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button