अछाममा शनिवार थप ५ जनामा कोरोना संक्रमण ।।


टेकराज भण्डारी, बैशाख ११, अछाम
अछाममा थप ५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल र कमलबजार पिसीआर प्रयोगशालामा गरिएको परिक्षणमा अछामका थप ५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो ।


अछाम जिल्लाका मेल्लेख गाउँपालिकाका २८ र ४५ बर्षका पुरुष मंगलसेन नगरपालिकाका ३५ र ३१ बर्षका पुरुषको जिल्ला अस्पताल अछाममा गरिएको एन्टिजेन परिक्षणमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका कोभिड( १९ सम्पर्क व्यक्ति मीन बहादुर कुँवरले जानकारी दिनुभयो ।

यस्तै कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रको पिसिआर प्रयोगशालामा गरिएको पिसीआर परिक्षणमा कमलबजार नगरपालिका वडा नम्बर २ का ४३ बर्षका पुरुषमा कोभिड (१९ को संक्रमण पुष्टि भएको छ ।


आज कोरोना भाईरसको संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको आफ्नै घरमा आईसोलेशनमा रहेका कोभिड सम्पर्क व्यक्ति कुँवरले बताउनु भयो ।

हाल ३ जनाको जिल्ला अस्पताल अछामको आईसोलेशनमा उपचार भैरहेको छ । शनिवार थप पाँच जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भए संगै पछिल्लो समय कोरोना संक्रमितको संख्या १६ जना पुगेको छ ।

हालसम्म अछाममा १६ सय ८६ जना कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये जिल्लाका ६ जनाको ज्यान गैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button