टेकराज भण्डारी, बैशाख ११, अछाम
उद्यमशीलता विकास सम्बन्धी पाँच दिने तालिमका सहभागीले उद्यम जीवनकाे आधार भएको बताएका छन् । सदरमुकाम मंगलसेनमा भएको तालिमका सहभागीले केही न केही गरेर खानुपर्ने र जीवनलाई उद्यमशील बनाउन तालिम निकै उपलब्धिमूलक भएको बताएका हुन् ।
युएसएड, बिआर्सी नेपाल र पञ्चदेवल विनायक नगरपालिकाकाकाे सहयाेग तथा कर्नाली बेसिन कन्जर्भेशन फाउण्डेशन र अछाम जेसिजकाे आयाेजनमा भएको तादिमका सहभागीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
अछाम जेसिजका अध्यक्ष अम्मरनाथ न्याैपानेकाे अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति अछामका उपप्रमुख टाेप बहादुर रावल रहनु भएको थियाे ।
प्रमुख अतिथि रावलले युवाहरुलाई उद्यमशील बनाउने उद्देश्यले आयाेजना गरिएको तालिम महत्त्वपूर्ण भएको बताउनु भयाे । जेसिज तालिमकाे लागि महत्त्वपूर्ण संस्था भएको भन्दै युवाहरुकाे व्यक्तित्व र नेतृत्व विकासका लागि जेसिज खेलिरहेकाे भूमिका श्रहानीय भएको धारणा राख्नुभयाे ।
युवाहरु उत्पानशील काममा लाग्नुपर्ने भन्दै उत्पादन वृद्धिले मात्र राष्ट्रकाे समृद्धि हुने बताउनु भयाे ।
कार्यक्रममा अछाम जेसिजका पूर्व अध्यक्ष नमराज न्याैपानेले युवा साेच उत्पादन, सिर्जना र विकासमा हुनुपर्नेमा जाेड दिनुभयाे । युवाहरुलाई उद्यमी बनाउनका लागि अछाम जेसिजले महत्त्वपूर्ण तालिमकाे आयाेजना गरेकाे भन्दै तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न प्रतिवद्ध हुनुपर्ने बताउनु भयाे । काम सानाेठुलाे नहुने भन्दै आफ्नाे क्षेत्रकाे आवश्यक्ता र सम्भावनालाई हेरेर काम गर्न उहाँले आग्रह गर्नुभयो ।
समापन कार्यक्रममा बाेल्दै कर्णाली बेसिन कन्जर्भेशन फाउन्डेसनका प्रमुख गाैरब देवकाेटाले आफ्नाे ठाउँमा केही न केही गरेर देखाउनुपर्ने र त्यसका लागि युवामा अठाेट र प्रतिबद्धताकाे विकास गराउँदै उद्यमशील बनाउन तालिम आयाेजना गरिएको बताउनु भयाे । तालिममा सिकेका कुरालाई उद्यममा जाेडेर व्यवासायी बन्न उहाँको आग्रह छ । कार्यक्रममा तालिमका प्रशिक्षक प्रतिकराज न्याैपानेले तालिमले उद्यमशीलताकाे बाटाेमा अघि बढ्न प्रेरित गरेकाे विश्वास व्यक्त गर्नुभयाे ।
कार्यक्रममा सहभागिलाई स्वागत गर्दै अछाम जेसिजका निवर्तमान अध्यक्ष तुलाराम बिसीले अछाम जेसिजले युवा नेतृत्वको विकासका लागि विभिन्न कार्यक्रम गरिरहेकाे बताउनु भयाे । युवाहरुलाई सिर्जनशील कार्यमा लाग्न आग्रह गर्दै तालिमले केही न केही कुरा सिकाएकाे भन्दै त्यसलाई जीवनमा लागू गर्न आग्रह गर्नुभयाे । विभिन्न निकायसंग समन्वय गर्दै अछाम जेसिजले विभिन्न सामाजिक कार्य गरिरहेकाे बिसीकाे भनाइ छ ।
समापन कार्यक्रममा प्रशिक्षक अभिषेक नेपाल, वर्ड भिजनका कार्यक्रम संयाेजक सुरज शर्मा, मंगलसेन महिला सहकारी संस्थाका अध्यक्ष तथा अछाम जेसिजका उपाध्यक्ष मनकला न्याैपाने, युवा व्यवसायी बम बहादुर स्वार, टंक साउँद, अछाम जेसिजका कानूनी सल्लाहकार आकांक्षा शाही, सहभागी भीम नेपाली लगायतले धारणा राख्नुभएको थियाे ।
साेही अवसरमा कर्णाली बेसिन कन्जर्भेशन फाउन्डेसनका अध्यक्ष न्याैपानेलाई अछाम जेसिजले प्रशंसा पत्र तथा प्रमुख अतिथि लगायतलाई मायाकाे चिनाे प्रदान गरेकाे अछाम जेसिजका महासचिव टेकराज भण्डारीले जानकारी दिनुभयाे ।