टी–२० बरियतामा नेपाल एक स्थान माथि

काठमाण्डाै – घरेलु मैदानमा ११ बर्षपछि अन्तराष्ट्रिय उपाधि जितेको नेपालको आइसीसीको टी २० बरियतामा सुधार भएको छ ।

आइसीसीले जारी गरेको नयाँ बरितयामा नेपाल एक स्थान माथि उक्लिएको छ । यसअघि १५ औं स्थानमा रहेको नेपाल १४ औं स्थानमा पुगेको छ ।

नेपालको पाँच हजार एक सय १३ अंक र एक सय ८३ रेटिङ रहेको छ ।

नेपालले स्कटल्याण्डको स्थान लिएको छ । स्कटल्याण्ड १५ औं स्थानमा झरेको छ । बरियतामा नेपाल भन्दा माथि जिम्बावे, आयरल्याण्ड र यूएई छन ।

तीन देश क्रमशः ११ औं, १२ औं र १३ औं स्थानमा छन ।

नेपाले त्रिकोणात्मक टी २० सिरिजमा फाइनलमा नेदरल्याण्ड्सलाई हराएर उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button