
अछाममा २ हजार ६ सय ८ जनाले कोरोना भाईरस बिरुद्धको दोस्रो डोज खोप लगाए
बैशाख १३, अछाम
अछाममा २ हजार ६ सय ८ जनाले कोरोना भाईरस बिरुद्धको दोस्रो डोज खोप लगाएका छन् । यही बैशाख ७ गतेबाट शुरु भएको दोस्रो डोजको खोप लगाउने कार्य अन्तर्गत जिल्लाका लक्षित बर्गका ९ सय ९८ महिला र १ हजार ६ सय १० जना पुरुष गरी २ हजार ६ सय ८ जनाले खोप लगाएका हुन् ।
कोरोना भाईरस विरुद्ध पहिलो चरणमा खोप लगाएका उनीहरुलाई खोप लगाउँदै दोस्रो डोजको खोप लगाउने कार्य आज सकिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका कोभिड सम्पर्क व्यक्ति मीन बहादुर कुँवरले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय, बयालपाटा अस्पताल र विभिन्न स्थानीय तहका स्वास्थ्य शाखा मार्फत खोप लगाईएको हो ।
गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएका स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, जनप्रतिनिधि, सुरक्षाकर्मी, एम्बुलेन्स तथा शवबाहन चालक, सरसफाइ कर्मचारी, सञ्चारकर्मी लगायतले दोस्रो डोज खोप लगाएका छन् ।